IME Life New

मल्टीपर्पस फाइनान्सको साधारण सभा फागुन १८ गते, यस्ता छन् ८ एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मल्टीपर्पस फाइनान्सले आफ्नो २६औं वार्षिक साधारण सभा फागुन १८ गते गर्ने भएको छ । उक्त सभा वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा दिउँसो १ बजे गर्ने जनाएको छ । कम्पनीको माघ २२ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वार्षिक वित्तीय विवरण वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को हरहिसाब लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिमा बाँकी कार्यकालका लागि भएको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने, संस्थापक समूह तर्फका ३ जना तथा सर्वसाधारण समूह तर्फका २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वित्तीय संस्थाको कार्यक्षेत्र बिस्तार गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, उपरोक्त प्रस्ताव नं।ख अन्तर्गत पारित विशेष प्रस्तावहरु समेतलाई समावेश गरी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ कम्पनी ऐन, २०६३ तथा अन्य प्रचलित कानून बमोजिम प्रबन्धपत्र तथा नियमावली कम्पनी रजिष्ट्रारको कार्यालय तथा सम्बन्धित अन्य निकायबाट स्वीकृत गराउन तथा केही संशोधन गर्नुपर्ने भए सो समेत गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS