IME Life New

मर्जर प्रस्ताव पारित गर्न नेपाल इन्भेष्टमेन्टले आब्हान गर्यो विषेश साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विषेश साधारण सभा आह्वान गरेको छ । बैंकको पुस ११ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार बैंकको विषेश साधारण सभा माघ ४ गते दरवारमार्ग, काठमडौं स्थित बैंकको केन्द्रिय कार्यालयमा विहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा नेपाल इन्भेष्टमेन्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एक आपसमा गाभ्न गाभिने मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंक लि। र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभ्ने गाभिने मर्जर प्रयोजनको लागि मूल्याइनकता टी बार उपाध्याय एण्ड कम्पनी,चार्टड एकाउन्टेसल्ने तयार गरेको दुवै संस्थाको चल अचल सम्पत्ति तथा दायित्व मल्याइन प्रतिवेदन तथा अन्य सम्बद व्यवस्था समेतका आधारमा निधारण गरिएको शेयर स्वाप रेसियो १ बराबर १ हुने गरी एक आपसमा गाभ्नं गाभिने मर्जर गर्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभ्ने गाभिने मर्जर सम्बन्धी अन्तिम सम्झौतापत्र तथा अन्य भए गरेका सम्झौताहरुको अनुमोदन गर्ने विशेष प्रस्ताव पारित गरिने छ ।

Esewa
Crest

त्यस्तै, नेपाल इन्भेष्टमेण्ट बैंकले हिमालयन बैंक लिमिटेडसँग एकआपसमा गाभ्ने गाभिने मर्जर प्रयोजनको लागि दुवै संस्थाको चल(अचल सम्पत्ति तथा दायित्व मल्याङ्गन प्रतिवेदन गर्न नियुक्त गरेका लेखापरीक्षक मल्याइनकताको नियुक्ती तथा निजलाई प्रदान गरिएको पारिश्रमिक अनुमोदन गर्ने, नेपाल इन्भेष्टमेण्ट बैंक लि र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभ्ने गानिन मर्जर प्रयोजनको लागि भएको सम्झौता बमोजिम सो को आवश्यक स्वीकृतीका लागि नियमनकारी निकायहरूमा निवेदन गर्न र मजरसंग सम्बन्धित प्रचलित कानून, निर्देशनहरु बमोजिम अपनाउन पर्ने तथा गर्न पर्ने सम्पण आवश्यक कार्यहरु एव प्रक्रियाहरु परा गरी अन्तिम वाकती लिने तथा यो सम्बन्धमा नियमनकारी निकायहरुबाट निर्देशन गरे वमोजिमका कागजात तथा विवरणहर तयार गर्ने, यो उपलब्ध गर्ने गराउने, मजर गर्ने कार्यसंग सम्बन्धित गर्नुपर्ने सम्पूर्ण कायहर गन लगायतका आवश्यक काय गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्ने। नेपाल इन्भेष्टमेण्ट बैंक र हिमालयन बैंक लिमिटेड एकआपसमा गाभिए मजर पश्चात् बैंकका प्रबन्धपत्रको दफा १ तथा नियमावलीको नियम १ लगायत सम्बन्धित दफा नियममा समेत संशोधन गरी बैंकको नाम हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड हुने गरी संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिने छ ।

त्यसैगरी, विशेष साधारण सभा प्रायोजनका लागि पुस २५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस २२ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS