IME Life New

मर्जर प्रस्ताव पारित गर्न दुई लघुवित्तले एकैसाथ बोलाए साधारणसभा, यस्ता छन् अन्य एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले एकैसाथ वार्षिक साधारण सभा बोलाएका छन्। यी दुबै लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्नका लागि चैत ९ गते सभा बोलाएका हुन्।

किसान लघुवित्तको पाँचौ वार्षिक साधारण सभा ताज प्यालेस, स्पेशियल चोक, गल्फुटार, काठमाडौँमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ । जाल्पा लघुवित्तको पाँचौ वार्षिक साधारण सभा द एसआर होटल, तिलोत्तमा नगरपालिका १ ड्राइभरटोल, रुपन्देहीमा बिहान ९ बजे शुरु हुने जनाएको छ ।

Esewa
Crest

यी दुबैको सभाले एक आपसमा १ बराबर ०.८८३४ शेयर स्वाप अनुपातमा मर्ज हुने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले भविष्यमा अन्य कुनै उपयुक्त लघुवित्तलाई मर्ज वा एक्वायर गर्ने सम्बन्धि आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा भएको मनोनयनलाई अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। गत आर्थिक वर्षको नाफा नोक्सान हिसाव नगद प्रवाह लयागतका वित्तीय विवरण पारित गर्नेछन् ।

जाल्पा सामुदायिक लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनका लागि फागुन २४ गते बुकक्लोज गर्ने भएको छ । किसान लघुवित्तले चैत १ गते बुकक्लोज गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS