IME Life New

मर्जर प्रस्ताव पारित गर्न दुई लघुवित्तले एकै दिन बोलाए विशेष साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था र मानुषी लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष साधारण सभा बोलाएका छन् । यी दुई लघुवित्तले एक आपसमा मर्ज हुने प्रस्ताव पारित गर्नका लागि विशेष साधारण सभा बोलाएका हुन् ।

यी दुबै लघुवित्तले पुस २८ गते शनिबार, बिहान साढे १० बजे विशेष साधारण सभा गर्ने भएका छन् । श्रृजनशील लघुवित्तले आफ्नो केन्द्रिय कार्यालय, गोलबजार नगरपालिका, चोहर्वा, सिराहामा र मानुषी लघुवित्तले पुतली घर रिसोर्ट, बनेपा, साँगा, काभ्रेपलाञ्चोकमा सभा गर्नेछ ।

Esewa
Crest

सभाले मर्जर प्रस्तावका साथै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक एवम् सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सदस्यहरुको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनका लागि यी दुबै लघुवित्तहरुले पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सभामा भाग लिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS