IME Life New

मर्जर पछि कारोवार खुलेको एनएमबि बैंकमा खरिद चाप की बिक्री चाप? फ्लोरसिटले के देखायो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

आजबाट ओम डेभलपमेन्ट बैंकसँग मर्जर प्रक्रिया सम्पन्न गरे पश्चात एनएमबि बैंकको दोश्रो बजारमा शेयर कारोबार  खुलेको छ। धेरै पछि शेयर कारोवार खुलेकाले आज एनएमबि बैंकको शेयर कारोवार अत्याधिक थियो। आज सबै जस्तो ब्रोकर कार्यालयमा एनएमबि बैंकको शेयरको चर्चा थियो।  आज दिन भरमा एनएमबि बैंकको सर्वाधिक ११ करोड २६ लाख बराबरकोशेयर किनबेच भएको छ। बैंकको ३ लाख २८ हजार कित्ता शेयर किनबेच भएको छ।

ओपन रेञ्ज ३५१ लाई आधार मानेर शेयर कारोवार सुरु भएको थियो। आज बैंकको पहिलो कारोवार ३४५ रुपैयाँमा भएको थियो भने कम्पनीको उच्च मूल्य ३५० थियो। कम्पनीको आजको न्यून मूल्य ३३३ प्रति कित्ता रहेकोमा कम्पनीको बजार मूल्य १ दशमलव २३ प्रतिशतले घट्दै प्रति कित्ता ३४७ मा बजार बजार मूल्य बन्द भएको  छ।

Esewa
Crest

कार्तिक २१ गतेको फ्लोरसिटले के देखाउछ ?

 आज ४९ नम्बर ब्रोकर बाट एनएमबि बैंकको सर्वाधिक शेयर खरिद भएको छ। ४९ नम्बर ब्रोकर बाट एनएमबि बैंकको २ करोड ८ लाख बराबरको ६० हजार ५ सय ६२ कित्ता शेयर खरिद भएको छ भने १४ नम्बर ब्रोकर बाट एनएमबि बैंकको १ करोड १८ लाख बराबरको शेयर खरिद भएको छ।

त्यस्तै ३५ नम्बर ब्रोकर बाट एनएमबि बैंकको १ करोड ९ लाख बराबरको ३१ हजार ९ सय ४९ कित्ता शेयर बिक्री भएको छ भने ब्रोकर नम्बर ४२ बाट ८५ लाख ७७ हजार बरारको शेयर बिक्री भएको छ।

निस्कर्ष :
आजको फ्लोरसिट हेर्दा बिक्री गर्ने ब्रोकर भन्दा खरिद गर्ने ब्रोकर नै आक्रामक भएको देखिन्छ।

तथ्यांक  श्रोत : मेरोलगानी/डाटा एनालाईटिक्स 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS