IME Life New

मर्जरमा जाने बीमा कम्पनीको संचालकले थप एक कार्यकाल पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जर प्रक्रियामा रहेका बीमकको संचालक समिति सदस्यले थप एक कार्यकाल संचालक समितिमा रहन पाउने भएका छन् । बीमा समितिले बीमकको संस्थागत सुशासन निर्देशिका २०७५ मा तेश्रो संशोधन जारी गर्दै दुई कार्यकाल पुरा भएका संचालक समिति सदस्य वा अध्यक्ष समेतले थप एक कार्यकाल संचालक समिति सदस्य वा अध्यक्ष रहन पाउने व्यवस्था गरेको हो । समितिले जेठ १० गते निर्देशिका संशोधन गरेको हो ।

मर्जर प्रक्रियाको लागी सैद्धान्तिक सहमति लिई सकेका बीमकको संचालक समितिले बीमा समितिको पूर्व स्वीकृति लिई थप एक कार्यकालका लागी संचालक वा अध्यक्षमा नियुक्त हुन सक्नेछन् ।

Esewa
Crest

यसअघि सञ्चालक पदमा नियुक्त वा मनोनित भई दुई वासोभन्र्दा बढी कार्यकाल सञ्चालक वा अध्यक्ष भई सकेको व्यक्तिको हकमा निज पुनः सञ्चालकवा अध्यक्षमा नियुक्त हुन वा मनोनित हुन नसक्ने प्रावधान रहेको थियो ।

संशोधित प्रावधान अनुसार, बीमक गाभ्ने, गाभिने तथा प्राप्तीगर्ने सम्बन्धी निर्देशिका, २०७६ बमोजिम बीमक गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रयोजनका लागि प्रक्रिया शुरु गरेका वा समितिबाट सैद्धान्तिक सहमति प्राप्त गरेका बीमकको हकमा गाभ्ने, गाभीने वा प्राप्ती गर्ने सम्बन्धी प्रकृया सम्पन्न नभएसम्म समितिको पूर्व स्वीकृतिलिई तत्काल कार्यरत संचालक वा अध्यक्ष थप एक कार्यकालका लागि संचालक वा अध्यक्षमा नियुक्त वा मनोनयन हुन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS