IME Life New

मर्जरमा गएका बीमा कम्पनीको शेयर कारोबार बन्द नहुने, बैंकको सँगै बीमाको पनि खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मर्जरको सहमिति गरेका बीमा कम्पनीको पनि शेयर कारोबार बन्द नहुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरमा गएका बैंकहरुको शेयर कारोबार बन्द हुने व्यवस्थालाई फुकुवा गरे सँगै बीमा समितिले पनि कारोबार रोक्का गर्न निर्देशन नदिने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

उनले भने ‘मौद्रिक नीतिको कार्यान्वयनका साथै नेपाल धितोपत्र बोर्डले कारोबार फुकुवा गर्न पहल गर्ने वित्तीकै हाम्रा बीमा कम्पनीको पनि शेयर कारोबार फुकुवा हुनेछ ।’ नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरको सहमति गरेका बैंकहरुको शेयर कारोबार रोक्का राख्ने व्यवस्थाको खारेज गरेको थियो ।

Esewa
Crest

नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्जको कुनै पनि कानुनी व्यवस्थामा शेयर कारोबार रोक्का राख्ने कानुनी व्यवस्था छैन । अन्तर्राष्ट्रिय प्रचलन तथा अभ्यासमा पनि मर्जरको सहमति गरेका कम्पनीको कारोबार रोक्का राख्ने कानुनी व्यवस्था छैन । तर नेपाल राष्ट्र बैंकले मर्जर प्रकृयाँमा सहभागी बैंक वित्तीय संस्थाको शेयर कारोबार रोक्का हुने व्यवस्था थियो ।

नेपाल राष्ट्र बैंकको यहि व्यवस्थालाई पछ्याउदै अन्य कम्पनीहरुले पनि कारोबार रोक्का राख्दै आएका थिए । अझ बीमा समितिको कुनै पनि नियममा बीमा कम्पनी मर्जरमा जादा शेयर कारोबार हुने कानुनी व्यवस्था नै छैन । बीमा समितिले प्रायः नियमनमा नेपाल राष्ट्र बैंकलाई पच्छ्याउने गरेको छ । यसमा पनि बीमा समिति नेपाल राष्ट्र बैंकको नियमन कुरेर बसेको छ ।

मौद्रिक नीतिमा समावेश भए पनि यसमा नेपाल राष्ट्र बैंकले निर्देशन जारी गर्नु पर्छ । अर्को तर्फ नेपाल धितोपत्र बोर्डले पनि यस पटक कारोबार फुकुवाका लागि सम्बन्धित कम्पनीहरुलाई पुर्वजानकारी दिनु पर्छ ।

बीमा समितिले बीमा कम्पनीहरुको संख्या घटाउने उद्देश्यले जारी गरेको पूँजी बृद्धि योजना पछि हाल १९ वटा बीमा कम्पनीले मर्जरको सहमति गरेका छन् । जस मध्ये दोस्रो बजारमा सूचिकृत १८ वटा कम्पनीको शेयर कारोबार रोक्का छन् । जस मध्ये हिमालयन र एभरेष्ट इन्स्योरेन्स कम्पनीको मर्जर भइ हिमालयन एभरेष्ट भइसकेकाले अवको केहि दिनमा शेयर कारोबार सुचारु हुनेछ । यस बाहेक अन्य कम्पनीहरु १६ वटाको शेयर कारोबार भने रोक्का छ । अव उनिहरुको पनि शेयर कारोबार फुकुवा हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS