IME Life New

मर्जरको सहमति गरेका बीमा कम्पनीले अझै शेयर कारोबार खुलाएनन्, अर्बको लगानी बन्धकमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको शेयर कारोबार रोक्का नहुने व्यवस्था गरे पनि बीमा कम्पनीहरुले भने अझै कारोबार खुला गर्ने सुरसार गरेका छैनन् । मर्जरको सहमति गरेका बीमा कम्पनीहरु मध्ये अहिले दोस्रो बजारमा १५ वटाको शेयर कारोबार रोक्का छ ।

कारोबार रोक्का रहेका सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबार सुरु गरिसकेका छन् । दोस्रो बजारमा कारोबार सुरु हुन बाँकी छ । जीवन तर्फ सूर्या लाइफ र ज्योति लाइफले साधारणसभाबाट मर्जरको प्रस्ताव पारित गरिसकेका छन् । दुबैले एकिकृत कारोबारको तयारी गरिरहेका छन् ।

Esewa
Crest

बाँकी ११ वटा कम्पनीहरुले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे पनि एकिकृत कारोबारको अत्तो पत्तो छैन । तै पनि शेयर कारोबारका लागि उनिहरुले नेपाल बीमा प्राधिकरणमा निवेदन दिएका छैनन् । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मा सम्बन्धित नियमनकारी निकायबाट एकिकृत कारोबारको सहमति लिनु पर्ने हुन्छ ।

अहिलेसम्म कुनै पनि बीमा कम्पनीहरुले दोस्रो बजारमा शेयर कारोबारको फुकुवाको लागि निवेदन नदिएको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । नियम अनुसार कम्पनीले नेपाल बीमा प्राधिकरणबाट कारोबार फुकुवाको स्वीकृति लिएर नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जमा फुकुवाको लागि आवेदन दिन सक्नेछन् ।

यस भन्दा पहिला दोस्रो बजारमा सूचिकृत कम्पनीहरुले मर्जरको संझौता गरे पछि कारोबार रोक्का गर्ने व्यवस्था थियो । नेपाल राष्ट्र बैंकले मर्जरमा गएका बैंक वित्तीय संस्थाको दोस्रो बजारमा कारोबार रोक्का राख्ने व्यवस्था गरे पनि नेपाल धितोपत्र बोर्डले भने यस सँग सम्बन्धित छुट्टै कानुनी व्यवस्था भने गरेको थिएन ।

मर्जरको संझौता गरे सँगै शेयरकारोबार रोक्का हुँदा लगानीकर्ताको शेयर बन्धक हुने भन्दै कारोबार रोक्न नहुने आवाज उठेको थियो । चौतर्फी विरोध पछि बोर्डले नेपाल राष्ट्र बैंक सँग समन्वय गर्दै यस्तो व्यवस्था जारी गरेको हो । नयाँ व्यवस्था अनुसार एकिकृत कारोबार हुने भए पछि मात्रै कारोबार रोक्का हुनेछ ।

हाल मर्जर टुङ्गोमा नपुगिसकेका प्राइम लाइफ, युनियन लाइफ, गुराँस लाइफ, प्रभु लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, प्रिमियम इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको कारोबार बन्धक छ । बोर्डको नयाँ व्यवस्था सँगै बैंक वित्तीय संस्थाहरुले दोस्रो बजारमा कारोबार खुला गरिरहेका छन् । तर बीमा कम्पनीहरुमा भने अत्तो पत्तो छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS