IME Life New

मर्जरको संझौता गरेका १४ बीमा कम्पनीको शेयर कारोबार फुकुवा, प्राधिकरणको अनुमति सहित निवेदन दिनु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ लागु भए सँगै एकै पटक ५० वटा कम्पनीको शेयर कारोबार फुकुवा हुने भएको छ । जस मध्ये १४ बीमा कम्पनीको पनि कारोबार फुकुवा हुने भएको छ ।

यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयाँमा रहेका कारण शेयर करोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत शेयरधनी बाहेक अन्य शेयरधनीको शेयर कारोबार फुकुवा गर्नु पर्ने व्यवस्था छ । यसका लागि आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न संगठित संस्थाले आधारभूत शेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रिय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ ।

Esewa
Crest

कम्पनीले निवेदन दिए पछि प्राप्त निवेदनको आधारमा धितोपत्र बजार तथा केन्द्रिय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत शेयरधनी बाहेकको शेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ । यदि सम्बन्धित कम्पनीको नियमनकारी निकायले शेयर कारोबार रोक्का राखेको भएमा सम्बन्धित नियमनकारीको सहमतिमा आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार फुकुवा गर्न सक्नेछ ।

हाल दोस्रो बजारमा प्राइम लाइफ, युनियन लाइफ, गुराँस लाइफ, सूर्या लाइफ, ज्योति लाइफ, प्रभु लाइफ, रिलायन्स लाइफ, सानिमा लाइफको कारोबार बन्द छ । त्यस्तै निर्जीवन तर्फ प्रिमियमर इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको कारोबार रोक्का छ । हाल मर्जर प्रकृयाँमा रहेका ८ वटा माइक्रोइन्स्योरेन्स कम्पनी, १० वटा बाणिज्य बैंक मध्ये प्राप्ति गर्ने बाहेक सबैको करोबार रोक्का छ । मर्जरको सहमति भएको ६ महिना भित्रमा ‍सम्पन्न गरिसक्नु पर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

33%
excited

उत्साहित

17%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS