IME Life New

मर्जरकाे सिनर्जीले प्रथम् बीमाशुल्क आर्जनमा तेश्राे स्थानमा उक्लियाे सूर्यज्याेती लाइफ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । नेपाल बीमा प्राधिकरणले दिएकाे चुक्ता पूँजी वृद्धिकाे निर्देशन पालन गर्न आपसमा गाभिएर सूर्य लाईफ र ज्याेती लाईफबाट सूर्यज्याेती लाईफमा रुपान्तरण भएपछि बीमा काराेबारमा सकारात्मक परिणाम देखिएकाे छ। केही जीवन बीमा कम्पनीहरुबीचकाे मर्जरलाई लिएर कर्मचारीबीचकाे सामञ्जस्यता मिलाउन नसक्दा व्यवसायीक कार्य सम्पादन खस्किएका बेला सूर्यज्याेती लाईफले कार्य सम्पादनलाई मजबुत बनाउन सफलता पाएकाे हाे ।

प्रथम् बीमाशुल्क आम्दानीकाे आधारमा आर्थिक वर्ष २०७९।८० काे काराेबारमा सूर्य ज्याेती लाईफ तेश्राे स्थानमा उक्लिन पुगेकाे छ। नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएकाे तथ्या‌ंक अनुसार सूर्यज्याेती लाईफले गत आवमा कूल २ अर्ब ७२ कराेड रुपैयाँ प्रथम् बीमाशुल्क आम्दानी गरेकाे छ।  यसैगरी कूल बीमाशुल्क आर्जनकाे आधारमा सूर्यज्याेती लाईफ पाँचाै‌ं स्थानमा उक्लिएकाे छ। गत आवमा याे जीवन बीमकले कूल ८ अर्ब ८१ कराेड २७ लाख रुपैयाँ बीमाशुल्क आम्दानी गरेकाे छ।

Esewa
Crest

सुस्त आर्थिक वृद्धिदर, उच्च मुद्रा स्फिती र सर्वसाधारणकाे आम्दानी खस्किएसँगै ह्रास भएकाे क्रय क्षमताका कारण जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा अपेक्षितरुपमा काराेबार गर्न सकेनन् । प्रतिकूल अवस्थाका बावजुद सूर्यज्याेतीले नयाँ बीमालेख बिक्रीमा अन्य जीवन बीमा कम्पनीमध्ये तेश्राे स्थानमा सफल हासिल गर्न सफल भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%
happy

खुसी

0%
sad

दु :खी

17%
amazed

अचम्मित

67%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS