IME Life New

मर्जरः कर्मचारी हितलाई उपेक्षा गरिए आन्दाेलनमा उत्रिने गुराँस लाईफ कर्मचारी संघकाे चेतावनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ं । गुराँस लाईफ इन्स्याेरेन्सकाे कर्मचारी संघले प्राइम लाईफ र यूनियन लाईफसँग स‌ंयुक्तरूपमा मर्जर प्रकृया पुरा हुनु अगावै कर्मचारीसँग सम्बन्धित संवेदनशील विषयमा सहमति गरेर अघि बढ्न माग गरेकाे छ। संघले कर्मचारीकाे समायाेजन, स्वेच्छिक अवकाश, तलब भत्ता सुविधा लगायतकाे विषय टुंगाे नलगाई मर्जरमा गएकाे अवस्थामा श्रम ऐनले दिएकाे अधिकारकाे प्रयाेग गरेर आन्दाेलनमा उत्रिने चेतावनी समेत दिएकाे छ ।

संघले साेमबार कम्पनीकाे संचालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतसमक्ष ६ बुँदे माग पत्र पेश गर्दै कम्पनीमा कार्यरत सबै कर्मचारीकाे राेजगारी सुनिश्चित गर्न, याेग्यता र जेष्ठताकाे आधारमा सम्मानजनक समायाेजन गर्न, खाईपाई आएकाे तलब भत्ता सुविधा र सामूहिक साैदाबाजीमार्फत् प्राप्त सुविधा कटाैती नगर्न सम्मानजनक र न्यायाेचित स्वेच्छिक अवकाशकाे याेजना ल्याउनुपर्ने माग गरेकाे छ । यसैगरी मर्जरपछि एकीकृत कम्पनीकाे कर्मचारी विनियमावली निर्माणमा कर्मचारी स‌ंघकाे सहमतिमा तयार गर्न र नेपाल बीमा प्राधिकरणले कम्पनी गाभ्नेगाभिने र प्राप्ती सम्बन्धमा जारी गरेकाे निर्देशिका र परिपत्रहरूमा व्यवस्था भए बमाेजिमका कर्मचारीसँग सम्बन्धित विषयकाे कार्यान्वयन गर्नुपर्ने संघले माग गरेकाे छ।

Esewa
Crest

यी कम्पनीहरूबीच आपसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धमा २०७९ बैशाख २९ गते प्रारम्भिक सम्झाैता प त्रमा हस्ताक्षर भएकाे थियाे । त्यसपछि पछिल्लाे पटक गत माघ १ गते यी तीन कम्पनीहरुबीच स्वाप रेशियाे कम्पनीकाे संचालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत, एकीकृत कम्पनीकाे नामबारे टुंगाे लगाएका थिए । तीन कम्पनी मर्ज भएर बन्ने हिमालयन लाईफ इन्स्याेरेन्सको चुक्ता पूँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

प्राइम लाईफ र गुराँस लाईफ २०६४ सालदेखि संचालनमा आएका हुन् भने यूनियन लाईफ इन्स्याेरेन्सले २०७४ सालदेखि जीवन बीमा व्यवसाय प्रारम्भ गरेकाे थियाे । प्राइम लाईफकाे मुख्य प्रवर्द्धक खेतान समूह, गुराँस लाईफकाे दुगड समूह र यूनियन लाईफकाे शंकर समूह, गाेल्छा समूह लगायत मुख्य प्रवर्द्धक हुन् । यी तीन कम्पनीबीच एकीकृत काराेबार शुरु भएपछि जीवन बीमा कम्पनीकाे स‌ंख्या हालकाे १८ बाट १६ वटा मा सीमित हुनेछ ।

जीवन बीमा कम्पनीहरुकाे इतिहासमा पहिलाे मर्जर सम्झाैता सूर्या लाईफ र ज्याेती लाईफ इन्स्याेरेन्सबीच सफलतापूर्वक सम्पन भएर गत पाैष ७ गतेबाट एकीकृत काराेबार समेत शुरू भइसकेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

33%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS