IME Life New

मन्दाकिनी हाइड्रोपावरको आइपीओ आजबाट खुल्ला, न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आजबाट आईपीओ निष्काशन गर्दैछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ११ लाख ७६ हजार ७३ कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। लगानीकर्ताले बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

Esewa
Crest

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले साउन १२ गते निष्काशन बन्द गर्नेछ। तर उक्त समय अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद साउन २३ गतेसम्म थप गरिने कम्पनीले जनाएको छ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा भने बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिर्इ आश्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु साथै मेरो शेयरको वेब तथा एपमार्फत आवेदन दिन सक्नेछन् । ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS