IME Life New

मनि व्याक पोलिसीमा चरम घाटा, प्राइसिङ ठिक छ इन्सेन्टिभ बढी गयो: बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले जारी गरेको ‘मनि व्याक पोलिसी’मा चरम घाटा देखिन थालेको छ । कम्पनीहरुले व्यवसाय भित्र्याउने अस्त्रको रुपमा मात्रै प्रयोग गर्दा ‘पोलिसी लस’ अत्याधिक देखिएको हो । बीमा समितिले केहि समय अगाडी केहि कम्पनीहरुको मनि व्याक पोलिसीमा अध्ययन गर्दा यस्तो देखिएको हो । अहिले सञ्चालनमा रहेका कुनै पनि मनि व्याक पोलिसी मुनाफामा छैनन् । एउटा पोलिसीले बीमितको मुनाफामै असर पार्ने देखिए पछि बीमा समितिले पनि यस विषयमा छलफल अगाडी बढाएको छ ।

कुनै पनि पोलिसी बजारमा ल्याउनु भन्दा अगाडी बीमा समितिबाट स्वीकृत गर्नु पर्ने हुन्छ । कम्पनीले स्वीकृतका लागि समितिमा पेश गरे पछि बीमा समितिले आफ्नो एक्चुरीबाट हेराएर मात्रै स्वीकृत दिन्छ । अझ त्यस भन्दा अगाडी बीमा कम्पनी आफैले पोलिसी डिजाइन गर्दा एक्चुरीबाट अध्ययन गराएर मात्रै बीमा समितिमा स्वीकृतका लागि पेश गर्छन् ।

Esewa
Crest

कम्पनीले दिएको विवरण हेर्दा मनी व्याक पोलिसीको प्राइसिङ सिस्टममा कुनै पनि समस्या नदेखिएको समितिको निर्देशक तथा इन्स्योरेन्स पोलिसी डिभिजन विभाग प्रमुख पुजन ढुङ्गेल अधिकारीले जानकारी दिइन् । उनले भनिन् ‘बीमा कम्पनीले दिएको विवरण हेर्दा प्राइसिङमा कुनै समस्या छैन तर उनिहरुले अस्वभाविक रुपमा इन्सेन्टिभ दिदा यसमा अत्याधिक नोक्सान देखिन्छ ।’

बीमा कम्पनीले मनि व्याक पोलिसीमा नियम अनुसार कमिशनको अतिरिक्त इन्सेन्टिभ दिने गरेका छन् । मनि व्याक पोलिसीबाट आर्जन भएको बीमा शुल्कलाई पनि इन्सेटिभमा गणना गर्दा कमिशनका अतिरिक्त ठुलो रकम अभिकर्ताको हातमा जान्छ ।

यदि बीमितले तीन चार वर्षको किस्ता तिरेर सरेण्डर गरिदियो भने ठुलो परिणामको कमिशन अभिकर्ताले प्राप्त गरिसक्छन् । अभिकर्तालाई दिएको कमिशन फिर्ता लिन मिल्दैन । कतिपय अवस्थामा बीमा कम्पनीले लिएको बीमा शुल्क भन्दा बढी कमिशन तथा इन्सेन्टिभ बापत बाहिरिसकेको हुन्छ ।

यसले गर्दा पोलिसी लस रेसियो बढेको हो । बीमा समितिले प्रारम्भिक रुपमा हेर्दा पोलिसीमा धेरै नै नोक्सान देखिएकोले कि त पोलिसी नै बन्द गर्न निर्देशन दिनु पर्ने वा मनि व्याक पोलिसीबाट आर्जन भएको बीमा शुल्कलाई इन्सेन्टिभमै गणना गर्न नपाउने व्यवस्था गरिदिनु पर्ने अवस्था रहेको ढुङ्गेलको तर्क छ ।

यसमा सबै भन्दा ठुलो दोष बीमा कम्पनीको नै देखिन्छ । उनिहरुले बीमितलाई आकर्षित गर्न मनि व्याक पोलिसीलाई धेरै प्रयोग गरिरहेका छन् । बीमाको सिद्धान्त विपरित जारी भएका यस्ता पोलिसी बीमा कम्पनीका लागि घातक छन् । किनकी बीमा कम्पनीले यस्ता पोलिसीबाट आर्जन भएको बीमा शुल्कलाई लगानी गर्न नै पाउदैनन् । कम्पनीले बीमा शुल्कलाई लगानी गरेर आउने प्रतिफलका आधारमा बोनस दिने हो । कम्पनीले पोलिसीबाट आर्जन भएको रकमलाई लगानी नै गर्न नपाउने भए पनि नाफा देखिने कुनै हुँदैन । केहि बीमा कम्पनीले चरम नोक्सान भए पछि पोलिसी नै बन्द गराएका छन् भने केहिले महंगो बनाएर जारी गरेका छन् ।

बीमा समितिले मनि व्याक पोलिसीलाई कि त बन्द गर्नु पर्छ या त कमिशन बाहेक इन्सेन्टिभ दिन बन्द गर्नु पर्छ । अर्को तर्फ बीमितले दोस्रो वर्षदेखि मनि व्याक पाउछन् । सोहि मनि व्याकलाई प्रिमियम तिर्न प्रयोग गर्छन् । यसले नयाँ प्रिमियम भित्रिदैन । यसबाट वर्षेनी अभिकर्ताले कमिशन लैजान्छन् । यसबाट नाफा हुने कुरै हुँदैन । त्यसैले यसमा समितिले तत्काल केहि निर्देशन दिनु पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS