IME Life New

मनकामना स्मार्ट लघुवित्तको साधारण सभा पुस १९ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १९ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा होटल पौवा, सिद्धार्थनगर, रुपन्देहीमा दिउसो २ बजे गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट १७ प्रतिशत बोनश शेयर वितरणको प्रस्ताव गरेको छ। कम्पनीको कात्तिक १६ गते बिहान बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १२ करोड ११ लाख ५० हजारको आधारमा उक्त बोनश शेयर वितरणको प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव समेत पारित गर्नेछ ।

Esewa
Crest

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण, नाफा, नोक्सान, हिसाव नगद प्रवाह लगायतका अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।

साथै सभाले लेखापरीक्षण समितिको सिफारिश बमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ,हाल बहालवाला लेखापरीक्षक पुनः नियुक्तिका लागि योग्य हुने प्रस्ताव अनुमोदन गर्ने, सभाले वित्तीय संस्थाको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले यस मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य ईजाजतपत्रप्राप्त “घ” वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई गाभ्न गाभिन वा प्राप्ति गर्न वा अन्य लघुवित्त वित्तीय संस्था संग गाभिनका लागि उपयुक्त देखिएमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्न गराउन तथा सो सम्बन्धी आवश्यक निर्णय गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी वित्तीय संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा प्रस्ताव गरिएको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै संशोधन, परिमार्जन वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न गराउन वित्तीय संस्थाको सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गते एकदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको बोन शेयर प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS