IME Life New

मनकामना इन्जिनियरिङको आइपीओ आज बाँडफाँड हुँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओ आज भदौ ३ गते बाँडफाँड हुने भएको छ । धितोपत्र बिक्री प्रबन्धक बीओके क्यापिटलले आज साँझ साढे ५ बजे आइपीओ बाँडफाँड गर्ने जनाएको छ ।

कम्पनीले गत साउन २८ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणका लागि १०० अंकित दरका कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो।

Esewa
Crest

जसमा यसअघि आयोजना प्रभावित स्थानीयका लागि जारी आईपीओमा बिक्री हुन बाँकी ६ लाख १६ हजार ६२० कित्ता सेयर पनि थपिएको थियो। सर्वसाधारणका लागि जारी गरिएको कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ४० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशतले हुन आउने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो । बाँकी २२ लाख ७६ हजार ६२० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो।

सीडीएससीका अनुसार निष्कासनको अन्तिम दिन साँझ ५ बजेसम्म यो आईपीओमा १३ लाख ९५ हजार ७० आवेदकबाट कुल १ करोड ५४ लाख ९३ हजार ४३० कित्ताका लागि खरिद आवेदन परेको थियो । जुन मागभन्दा ६.८१ गुणाले बढी हो। मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाबाट बाँडफाँड गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

13%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS