IME Life New

मध्य भोटेकोशी हाईड्रोपावरको अर्बबढिका सामान बाढीले बगायो, बीमा दावीका लागि प्रिमियर इन्स्योरेन्सले प्राविधिक खटाउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणाधिन मध्ये भोटेकोशी हाईड्रोप्रोजेक्टमा बाढीले ठूलो क्षति पुर्याएको छ । सो परियोजनामा कार्यरत एक जना चिनियाँ प्राविधिकलाई समेत बगाएको छ । उनी बेपत्ता छन् । कूल १४ अर्ब ८३ करोड अनुमानित लागतमा चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेको सो आयोजना करिब ६५ प्रतिशत कार्य प्रगति भएको अवस्थामा बाढीले क्षति पुर्याएको हो ।

क्षतिको दावीको लागि प्रिमियर इन्स्योरेन्समा बीमा दावी परेको छ । यद्यपि प्रिमियर इन्स्योरेन्समा इलेक्ट्रोमेकानिकल इक्वुपमेन्ट मात्रैको बीमा गरिएको पत्ता लागेको छ । सिभिल कन्ट्रक्सनको बीमा अर्कै कम्पनीमा गरिएको हुनसक्ने बुझिएको छ । प्रिमियर इन्स्योरेन्सीका दावी विभाग प्रमुख रोहिणी कर्माचार्यले बीमा दावी परेको जानकारी दिँदै औपचारिक जानकारी आउन बाँकी रहेको र त्यस्तो जानकारी आउने वित्तकै प्राविधिक टोली परिचालन गर्न तयारी भइरहेको बताईन् । उनले भनिन्, ‘जल विद्युतमा लाख देखि करोडौं र अर्ब पर्ने मेशिनहरु हुन्छन्, के कति क्षति पुगेको छ, प्राविधिक टोली परिचालन भएपछि मात्रै विवरण दिन सकिन्छ ।’

Esewa
Crest

मध्य भोटेकोशी परियोजनाका सिईओ मणि कुमार काफ्लेका अनुसार हिजो रातिदेखि परेको अविरल बर्षासँगै आएको बाढीले दर्जनौं मेशिन तथा उपकरणहरु बगाएकोछ । तर, मुख्य हेडवक्र्समा भने नपसेको उनले बताए । सिईओ काफ्लेले टर्वाइन लगायतका अर्बौको समान ल्याएर राखिएको थियो । ति सामानहरु राखिएको ठाउँमा क्षति पुगेको देखिएको छ, अहिले त्यहाँ जान सकिएको छैन, स्थगलत अध्ययन पछि मात्रै क्षतिको विवरण दिन सकिन्छ ।’ काफ्लेका अनुसार आयोजनाका लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । ति सबै उपकरण बगाएको भए अर्बभन्दा माथि नै बीमा दावी पर्ने अनुमान छ । प्रारम्भिक रुपमा क्षतिको विवरण संकलन गर्ने कामपछि बीमा दावी प्रक्रिया सुरु हुने कम्पनीले जनाएको छ ।

गएराति १२ बजेदेखि आएको बाढीको कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा ठुलो क्षति पुगेको छ । स्थानीय प्रहरीका अनुसार दुई जनाको मृत्यु भएको छ भने अझै १८ जना बेपत्ता छन् । उक्त बाढीको चपेटामा मध्ये भोटेकोशी हाईड्रोपावर समेत परेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS