IME Life New

मध्य भोटेकोशी जलविद्युतको आइपीओ कार्तिक १२ गते बाँडफाँड हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर (आइपीओ) कार्तिक १२ गते शुक्रबार बाँडफाँड हुने भएको छ । उक्त आइपीओ प्रि अलोटमेन्ट सम्पन्न गरी बाँडफाँडको तयारी गरेको विक्री प्रबन्धकले जनाएको छ । आईपीओ बाँडफाँड शुक्रबार बिहान ९ बजे निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा हुने जनाएको छ ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्ममा २३  लाख ९३   हजार ४  सय २८  जना आवेदकहरूले ३  करोड ४३  लाख ६०  हजार १० कित्ताका लागि आवेदन दिएका हुन् ।

Esewa
Crest

कम्पनीले असोज २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता आईपीओ निष्काशन गर्न गरेको थियो  ।

निष्काशन गरिने कुल शेयरमध्ये ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणलाइ खुल्ला गरेको  थियो ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकहरुमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS