IME Life New

मध्य भोटेकोशीको प्रभावित आइपिओ ओभर सब्सक्राइव, सर्वसाधारणका लागि छिट्टै आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको प्राथमिक शेयरमा माग भन्दा १.४६५ गुणा बढिको आवेदन परेको छ । अहिलेसम्ममा ४२ हजार ९२१ जना प्रभावित बासिन्दाले ८७ लाख ९२ हजार २०४ कित्ताको लागि आवेदन दिएका छन् ।

कम्पनीले पहिलो चरणमा साउन १७ गतेसम्म निष्काशन गरेकोमा माग गरे जतिको लागि आवेदन नपरेपछि साउन ३२ गतेसम्म म्याद थप गरेको थियो । कम्पनीले अव साउन ३२ गते निष्काशन बन्द गर्न सक्नेछ । प्रभावित क्षेत्रका लागि छुट्टाएको शेयरमा माग भन्दा बढिको लागि आवेदन परे सँगै अव कम्पनीले सर्वसाधारणका लागि पनि प्राथमिक शेयर निष्काशन गर्न सक्नेछ ।

Esewa
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती र मार्मिङ गा.वि.स), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.विस) तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ (साविक घुम्थाङ्ग र मानेश्वरा गा.वि.स) मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरु समेतको लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो ।

कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थानीयनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

आवेदकले विक्री प्रबन्धकसँगै यस आईपीओ खरीदका लागि सिन्धुपाल्चोक जिल्लामा ३६ ओटा र काठमाडौं जिल्लामा ७ ओटा संकलन केन्द्र तोकिई आवेदन प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था गरिएको छ ।

साथै, नेपाल धितोपत्र बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन बुझाउन सकिने व्यवस्था छ । आईपीओ खरीदका लागि न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन सकिने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS