IME Life New

मध्यविन्दु नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपाल बीमा प्राधिकरणले बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै आइरहेको छ । प्राधिकरणले देशको दुर्गम तथा सुगम ठाउँमा बीमा चेतना फैलाउने उद्देश्यले विभिन्न ठाउँमा बीमा सम्बन्धी कार्यक्रम गर्दै आइरहेको छ । यसैक्रममा नेपाल बीमा प्राधिकरणले मध्यबिन्दु नगरपालिकामा स्थानीय सरकार तथा सरोकारवालासँग बीमा सम्बन्धी जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सहजीकरण नेपाल बीमा प्राधिकरण केन्द्रि सहायक निर्देशक सुन्दर प्रसाद शर्माले गरेका थिए ।

बीमाको विकास तथा प्रवद्र्धनका लागि बीमा प्राधिकरणले स्थानीय सरकारका जनप्रतिनिधि, बीमा कम्पनीका शाखा प्रमुख, कृषि प्राविधिक तथा स्थानीय सरोकारवालाहरुसँगको समन्वयमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

Esewa
Crest

कार्यक्रममा वडाध्यक्ष एवम कृषकहरुले बीमाले कागजमा लेखे अनुसार कार्यन्वयन नगर्दा जनता सधैं मारमा पर्ने गरेको र बीमा गरेपनि समयमा भुक्तानी नपाउँदा समस्या हुने गरेको बताउँदै बीमावालालाई जनताको हितमा रहेर काम गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै कार्यक्रममा नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालले कृषि प्रयोजनको लागि पालिने जीवजन्तु तथा खेती गरिने वनस्पतिको बीमाको प्रकार, बीमाको महत्व, बीमाको आवश्यकता, बीमा कम्पनीको अवस्था, बीमा क्षेत्रको मुलभूत सुचाङ्क, बीमा क्षेत्रका चुनौतीहरु र बीमा विकास तथा विस्तारका लागि स्थानीय सरकारसँग प्राधिकरणको अपेक्ष लगायतका विषयमा बताएका थिए ।

कार्यक्रममा मध्यबिन्दु नगरपालिकाका नगर प्रमुख भीमलाल अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नगरप्रमुख अधिकारीले बीमा प्राधिकरणसँग समन्वय गरेर अगाडि बढ्ने बताएका थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS