IME Life New

मण्डीकाटार टेनिस क्लबद्धारा आयोजित दोस्रो विष्णु गैरे स्मृति टेनिस टुर्नामेन्ट २०८० सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मण्डीकाटार टेनिस क्लबद्धारा आयोजित दोस्रो विष्णु गैरे स्मृति टेनिस टुर्नामेन्ट २०८० सम्पन्न भएको छ । १० दिन अघिदेखि संचालन गरिएको उक्त टुर्नामेन्ट आज सम्पन्न भएको हो । उक्त टुर्नामेन्टमा ३२ जना खेलाडीहरुको सहभागिता रहेको थियो । यस खेल स्व.विष्णु गैरेको सम्झनामा आयोजना गरिएको हो ।

यस खेलमा राजेन्द्र सिंह भण्डारी र सुदर्शन विष्टको जोडी प्रथम भएका छन् । दोस्रोमा मेघेन्द्र प्रकाश गिरी र यूवराज थापा ले दोस्रो स्थान हासिल गरेका छन् । आज खेल समापन कार्यक्रमका प्रमुख अतिथी डा. भगवान कोइराला र स्व.विष्णु गैरेकी श्रीमति लक्ष्मी गैरेले पुरस्कार वितरण गरेका थिए ।

Esewa
Crest

उक्त खेल कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान युर्याउने हेमराज ढकाल, उत्तम कुमार लामा, राजु क्षेत्री, राजेन्द्र सिंह भण्डारी, जनक थापा,मनोज राणा, झुलेन्द्रमान शाक्य, छेतेन नोरकेल र विमल गुरुङ र मेघेन्द्र प्रकाश गिरीलाई सम्मानपत्र प्रदान गरिएको थियो । उक्त टेनिसको सम्बर्दन तथा प्रबदैनमा सहयोग पुर्याएका उनिहरुलाई सम्मानपत्र प्रदान गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS