IME Life New

मञ्जुश्री फाइनान्सले कमायो ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा फाइनान्सले ७ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३३ दशमलव ५२ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले ११ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी २ दशमलव २४ प्रतिशतले बढेको छ भने फाइनान्सको सञ्चालन मुनाफा भने ३० दशमलव ८६ प्रतिशतले घटेको छ। यस अवधिसम्ममा फाइनान्सको वितरण योग्य मुनाफा ५ करोड ८५ लाख रुपैयाँ रहेको छ।

Esewa
Crest

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा फाइनान्सको चुक्ता पूँजी ४० प्रतिशत बढेको छ भने जगेडा कोष ४६ दशमलव ५९ प्रतिशत घटेको छ। समीक्षा अवधिमा फाइनान्सको निक्षेप १६ दशमलव १९ प्रतिशत र कर्जा लगानी ४१ दशमलव ७३ प्रतिशत बढेको छ।

यस अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २३ रुपैयाँ ४९ पैसा रहेको फाइनान्सको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ११ रुपैयाँ १६ पैसामा झरेको छ। पुस मसान्तसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ६७.९० गुणा रहेको । प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS