IME Life New

मजबुत बन्दै रिलायबल नेपाल लाईफ, जीवन बीमा कोषमा ७१ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ५ करोड ८१ लाख खुद नाफा गरेको छ। गत वर्ष सोही अवधिमा कम्पनीले ५ करोड २५ लाख कमाएको थियो। जीवन बीमा कम्पनीको हकमा एकचुअरी पश्चात मात्र वास्तविक नाफा आउने छ। कम्पनीको वार्षिक प्रति शेयर आम्दानी १६ रुपैया ६१ पैसा रहेको छ।

Esewa
Crest

कम्पनीको जगेडा कोष १८७ प्रतिशतले वृद्धि हुँदै ४९ करोड ९५ लाख पुगेको छ भने जीवन बीमा कोष ३१२  प्रतिशतले वृद्धि हुँदै ७१ करोड १८ लाख पुगेको छ।

खुद बीमा शुल्क आर्जन रकम ७४ प्रतिशतले वृद्धि हुँदै ३८ करोड ७६ लाख पुगेको छ भने खुद दावी भुक्तानी ५९८  प्रतिशतले वृद्धि हुँदै ६ करोड २३ लाख पुगेको छ। भुक्तानी हुन् बाँकी दावी रकम छैन।

कुल कायम रहेको बीमा लेख संख्या ४६३ प्रतिशतले वृद्धि हुँदै ११ लाख ३३ हजार पुगेको छ।

कम्पनीले भविष्यमा  आईपिओ मार्फत २ अर्ब पुँजीको लक्ष्य हासिल गर्ने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS