IME Life New

मकवानपुर उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघको ५६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघले वार्षिक साधारण सभाको अवसर पारी हेटौंडाका राष्ट्रिय फुबटल खेलाडी अन्जन विष्ट र हेटौंडा–१८ हर्नामाडीका अन्तर्राष्ट्रिय मूर्तिकार लक्ष्मण भुजेललाई सम्मान गरेको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मानपत्र प्रदान गरेकी हुन् । संघका पूर्बअध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको स्मृतिमा स्थापना गरेको प्रतिभा सम्बद्र्धन सम्मानबाट फुटबल खेलाडी विष्ट र मूर्तिकार भुजेललाई सम्मानीत गरिएको हो ।

Esewa
Crest

हेटौंडा–१८ गुम्बाडाँडामा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला गरी मूर्तिबगैंचा निर्माण गर्ने परिकल्पनाकार रहेको जिल्लालाई चिनाउन सफल भएको भन्दै सम्मान गरिएको हो । त्यस्तै हेटौंडाका उद्योगी अजेयराज सुमार्गीले स्थापना गरेको माधबराज सुमार्गी स्मृति ब्यवसायी सम्मानबाट हेटौंडाका पुराना ५ जना ब्यवासयीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघका साधारण सदस्य रामप्रसाद न्यौपाने, संघका सल्लाहकार सरोजकुमार खनाल, नेपाली काँग्रेसका जिल्ला सचिव भीमसेन महत, संघका पूर्बअध्यक्ष कृष्ण कटुवाल, उत्तम शर्मा ढकाल, नुवाकोट उवासंघका अध्यक्ष ताराबहादुर कार्की, नेउवा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, बागमती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र सांघाई लगायतले ब्यवसायीको समस्याका बारेमा आफ्नो आफ्नो विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS