IME Life New

मकर जितुमायाको आइपीओ बाँडफाँड, नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज बुधबार क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल १३ लाख ४० हजार ८ सय ५१ जनाबाट १ करिड ४९ लाख ३८ हजार ९० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५९ हजार ४ सय ४९ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार योग्य आवेदकको संख्या १२ लाख ८१ हजार ४ सय २ कायम भएको छ ।

Esewa
Crest

माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथा प्रक्रियामा सहभागी गराएर शेयर बाँडफाँड गरीएको छ । गोलाप्रथाबाट १ लाख ३३ हजार ७ सय ३० जनाले धेयर पाएका छन् । यी मध्ये २ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुने भएको छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट आइपीओ नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com, सिडीएससीको मेरो शेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट http://iporesult.cdsc.com.np बाट  हेर्न सकिने छ ।

कम्पनीले चैत्र १९ गतेदेखि चैत्र २२ गतेसम्म शेयर निष्काशन गरेको थियो। आइपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS