IME Life New

मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीले आर्जन गरे ११ अर्ब २७ करोड प्रथम बीमा शुल्क, कसको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीले ११ अर्ब २७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । मंसिर एक महिनामा मात्रै भने २ अर्ब १५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

मंसिर महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ५९ अर्ब ५१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा प्रथम बीमा शुल्क आर्जको हिस्सा भने १८ दशमलब ९३ प्रतिशत मात्रै छ । यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले २ अर्ब १४ करोड रुपैयाँ आर्जन गरेको छ । मंसिर एक महिनामा मात्रै नेपाल लाइफ ३७ करोड १८ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ ।

Esewa
Crest

दोस्रो धेरै प्रथम बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ छ । नेशनल लाइफले एक अर्ब ३३ करोड रुपैयाँ आर्जन गर्दा पछिल्लो एक महिनामा मात्रै २५ करोड एक लाख रुपैयाँ छ ।

तेस्रो स्थानमा रहेको एलआइसी नेपालले ८३ करोड ५९ लाख रुपैयाँ आर्जन गर्दा चौथो स्थानमा रहेको सन नेपाल लाइफले ८२ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । सन नेपाल लाइफको प्रथम बीमा शुल्कमा वैदेशिक रोजगार बीमालेख हिस्सा अधिक छ ।

नयाँ जीवन बीमा कम्पनीहरु तर्फ आक्रमक रुपमा प्रस्तुत हुँदै आएको सिटिजन लाइफ पाँचौ स्थानमा छ । कम्पनीले ८२ करोड १९ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा पछिल्लो एक महिनामा मात्रै ११ करोड ९५ लाख रुपैयाँ छ ।

त्यस्तै भर्खरै सफल मर्जर गरेको सूर्या लाइफले गत महिनासम्ममा ५९ करोड ९५ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । तर गत एक महिनामा मात्रै भने जम्मा ६ करोड ७६ लाख मात्रै छ । मर्जरका कारण कम्पनीको व्यवसाय नै प्रभावित भएको थियो ।

त्यस्तै रिलायबल नेपालले ५६ करोड ५२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा एशियनको जम्मा ५४ करोड ६८ लाख छ । गएका वर्षमा आक्रामक रुपमा प्रस्तुत हुँदै आएको युनियनको प्रथम बीमा शुल्क आर्जनको स्थान नवौ नम्बरमा छ । युनियनले ५० करोड ९० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा गत महिनामा मात्रै १० करोड ६२ लाख रुपैयाँ आर्जन गरेको छ ।

अन्य कम्पनीहरु क्रमश मेट लाइफ ५० करोड, ज्योति लाइफ ४८ करोड ८९ लाख, आइएमई लाइफ ४२ करोड ७२ लाख सानिमा लाइफ ३२ करोड ७९ लाख, रिलायन्स लाइफ ३१ करोड ७९ लाख, राष्ट्रिय बीमा संस्थान ३१ करोड ५६ लाख रुपैयाँ छ । त्यस्तै बाँकी कम्पनीहरु प्राइम लाइफ ३१ करोड १० लाख, प्रभु लाइफको २२ करोड ७६ लाख, महालक्ष्मी लाइफको १८ करोड ७५ लाख र गुराँस लाइफको जम्मा ८ करोड ७४ लाख मात्रै छ । मर्जरको सहमति गरेका अधिकाम्स बीमा कम्पनीको व्यवसाय खुम्चिएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS