IME Life New

मंगलबार नेप्से २.९१ अंकले घटेर ११९१ को विन्दुमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नेप्से परिसूचक साताको तेस्रो दिन मग्ंलबार २ दशमलव ९१ अङ्कले घटेर ११९१ दशमलव ४७ अङ्कमा बन्द भएको छ। कारोबार रकम १६ करोड ७७ लाख पुगेको छ।
आज सबै भन्दा धेरै होटल क्षेत्रको शेयर मूल्यमा गिरावट आएको छ। आज होटल क्षेत्रका परिसूचक सबै भन्दा धेरै ० दशमलव ९५ प्रतिशतले घटेको छ । आज सबै भन्दा धेरै विकास बैंक क्षेत्रमा वृद्धि भएको छ। विकास बैंक क्षेत्रको परिसूचक ० दशमलव २२ प्रतिशतले वृद्धि भएको छ ।आज बिकास बैक, हाईडेपावर र फाइन्स क्षेत्रको उपसुचकमा मात्र वृद्धि देखिएको छ।
आज सबै भन्दा धेरै एनएमबी बैङ्ककोे शेयर ७८ लाख ७८ हजार बराबरको शेयर किन बेच भयो।
आज सबै भन्दा धेरै सिदार्थ इक्यूटी ओरेन्टेड स्कीम  सेयरमा ४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै सिटी एक्पे्रस फाइन्सको शेयर ९ दशमलव ८६ प्रतिशतले घट्न पुग्यो।

आज निर्जिवन बीमा कम्पनीको उपसुचक ० दशमलब ४२ प्रतीशतले घटेको छ भने ५ हजार ८ सय ७५ को विन्दुमा कारेबार बन्द भएको छ।  यसै गरी जीवन बीमा कम्पनीको उपसूचक ०.४६ प्रतीशतले घटेर ५ हजार नौ सय ४६ विन्दुमा बन्द भएको छ ।आज दिनभरीमा निर्जिवन बीमा कम्पनीहरुको १३ करोड ८९ लाख बराबरको कारोबार भएको छ ,भने जीवन बीमा कम्पनीहरुको एक करोड १० लाख बराबरको कारोबार भएको छ । बजार अझै सुस्त छ , कारोबार रकम अझै बढ्न सकेको छैन।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS