IME Life New

भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्षको जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेलभित्रै रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई इस्लामाबादको एक अदालतले अल–कादिर ट्रस्टसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १४ वर्षको जेल सजाय र १० लाख रुपैयाँ जरिवाना तोकेको छ।

सोही मामिलामा उत्तरदायित्व अदालतले इमरान खानकी पत्नी बुसरा बिबीलाई ७ वर्षको जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना तोकेको छ।

Esewa
Crest

अदालतले अल कादिर ट्रस्टलाई नियन्त्रणमा लिन पनि सरकारलाई आदेश दिएको छ। अदालतले यो सजाय सुनाउँदा इमरान खान, उनकी पत्नी र अन्य पीटीआई नेताहहरुअदालतमा उपस्थित थिए।

इमरान खान र उनकी पत्नी बुसराविरुद्ध १९ पाउन्ड वा अल–कादिर ट्रस्ट मुद्दा निजी आवास समाज बहरिया टाउनद्वारा अल–कादिर विश्वविद्यालयलाई ४५० कनल (५६ एकड) भन्दा बढी जग्गा दानसँग सम्बन्धित छ।

पूर्वप्रधानमन्त्री खान र उनकी पत्नी बुसरा अल–कादिर विश्वविद्यालयका ट्रस्टीहरु हुन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS