IME Life New

भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर छ, भ्रष्टाचारीहरूसँग कुनै सम्झौता गर्दैनौं: प्रधानमन्त्री

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर रूपमा प्रस्तुत भएकाले कुनै पनि प्रकारको सम्झौता नगरिने बताएका छन्।

बुधबार बिहान पूर्व शिक्षामन्त्री एवं नेकपा माओवादी केन्द्रका दिवङ्गत नेता डिआर पौडेलको चौथों स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित स्मृति कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।

Esewa
Crest

प्रधानमन्त्रीले सरकार सुशासनका निम्ति दृढतापूर्वक अगाडि बढिरहेको बताए। कतिपयले सरकार कतै झुक्छ कि सम्झौता गर्छ कि भन्ने आशंका गरेको समेत उनले बताए। तर आफ्नो लागि सरकारभन्दा ठूलो कुरा सुशासन रजनताको सेवा गर्नु रहेकोले भ्रष्टाचार निर्मूल पार्न सरकार दृढतापूर्वक अगाडि बढ्ने उनले बताए । जसका लागि कहिँ सम्झौता नगर्ने र कसैको अगाडी नझुक्ने उनको भनाई छ ।
पूर्वमन्त्री पौडेलको स्मरण गर्दै उनले भने, ‘उहाँलाई जनताको बीचमा स्थापित गराउन मैले शिक्षामन्त्रीको जिम्मेवारी दिएको थिएँ। उहाँले आफ्नो जिम्मेवारीमा राम्रो पनि गर्नुभयो। डिआरको आकस्मिक निधनबाट पार्टीलाई अपुरणीय क्षति भएको छ।’

‘नयाँ परिस्थितिमा कम्युनिस्ट आन्दोलन अगाडि बढाउनेमा छौँ। हामी समाजवादी मोर्चा बनाउँदैछौँ। समाजवादको मौलिक बाटो खोजिरहेका छौूँ प्रधानमन्त्रीले भने, ूआन्दोलनका उपलब्धिहरूमाथि प्रहार भइरहेको छ। लोकतान्त्रिक भनिएका शक्तिहरू अलोकतान्त्रिक र निकृष्ट व्यवहारमा उत्रिएका छन्। यसका विरूद्ध संघर्ष गर्दै आन्दोलनका उपलब्धिहरूको रक्षा गर्ने जिम्मेवारी हाम्रो काँधमा छ। कम्युनिस्टहरू मात्रै इमानदार र सक्षम हुन्छन् भन्ने पुष्टि गर्नुछ, तसर्थ सरकारको मोर्चालाई सामाजिक न्याय, सुशासन र समृद्धिको पक्षमा अधिकतम सदुपयोग गर्नुपर्छ।’

कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देव गुरूङ, उपमहासचिवहरू हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS