IME Life New

भोलिदेखि कार्तिक ११ गतेसम्म सबै बीमा कम्पनीहरु बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय पर्व दशैंमा भोलिबाट कार्तिक ११ गतेसम्म नेपालका ४० वटै बीमा कम्पनीहरु बन्द हुनेछन् । दशैंको बिदामा २० वटा निर्जिवन बीमा कम्पनी, १९ वटा जीवन बीमा कम्पनी, एक वटा नेपाल पुनर्बीमा कम्पनी समेत गरी ४० वटा निर्जिवन बीमा कम्पनीहरु बन्द हुनेछन् । नेपाल सरकारले कार्तिक ७ गतेदेखि ११ गतेसम्म दशैं बिदा दिने निर्णय गरेको छ । दशैं बिदामा यसअघि आंशिक रुपमा काम गर्ने गरेका बीमा कम्पनीहरुले यस पटक पूर्ण रुपमा बन्द गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरु समेत पूर्ण रुपमा बन्द हुने हुँदा बीमा कम्पनीहरुले पनि यस पटक पूर्ण रुपमा बन्द हुने भएको हो ।

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले दशैंको समयमा चार दिन सबै बीमा कम्पनीहरु बन्द हुने बताए । यद्यपि कुनै घट्ना भएमा बीमा दावी सम्बन्धी कार्य भने सुचारु हुनसक्ने सचिव क्षेत्रीले बताए । सगरमाथा इन्स्योरेन्स कम्पनीका सिईओ समेत रहेका क्षेत्रीले भने, ‘कोभिडले अवस्था त्यति सहज छैन । नयाँ पोलिसी जारी हुँदैन तर कुनै घट्ना भएमा बीमा क्लेम पर्दा तत्काल सर्भेयर खटाउनुपर्ने ठाउँमा परिचालन गर्न सकिन्छ ।’

Esewa
Crest

नेपाल जीवन बीमक संघका अध्यक्ष शिवनाथ पाण्डेले जीवन बीमा कम्पनीहरु दशैंमा चार दिन बन्द हुने बताए । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ तथा अध्यक्ष पाण्डेले दशैंको समयमा बीमा शुल्क भुक्तानी गर्नुपर्ने बीमितले दशैंपछि कार्यालय खुलेको दिन भुक्तानी गर्दा समेत जरिवना नलाग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS