IME Life New

भूकम्प प्रभावितलाई नेपाल बैंकद्धारा ५० लाख रुपैयाँ हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकले विनाशकारी भूकम्प प्रभावितलाई राहत वितरण गर्ने उद्देश्यले ५० लाख रुपैयाँ सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष डा। चन्द्रबहादुर अधिकारीले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, बालुवाटारमा आज आयोजित एक कार्यक्रममा ५० लाख रुपैयाँकोे चेक प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरे ।

कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्ला केन्द्रबिन्दु भएर गत कार्तिक १७ गते मध्यरात गएको ६।४ म्याग्निच्युडको भूकम्पबाट ठूलो मात्रामा मानवीय तथा भौतिक क्षति पुग्न गएकोमा भूकम्पबाट प्रभावित समुदायलाई आर्थिक सहयोग उपलब्ध गराई बैंकको तर्फबाट सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा सहयोग गरेको हो ।

Esewa
Crest

भूकम्प पीडितका लागि आर्थिक सहयोग प्रदान भएकोमा प्रधानमन्त्री दाहालले बैंक परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गरे ।

त्यस्तै, बैंकको सञ्चालक समिति अध्यक्ष अधिकारीले बैंकले दैवी तथा प्राकृतिक प्रकोप, महामारीको रोकथाम तथा नियन्त्रण लगायत विभिन्न विपदको समयमा आर्थिक सहयोग प्रदान गर्दै आएकोमा सो को निरन्तरता स्वरूप जाजरकोट भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरिएको र आगामी दिनमा समेत बैंकको तर्फबाट यस प्रकारको सहयोग जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा सञ्चालक समिति सदस्य विवेक शम्शेर ज।ब।रा।, कामु प्रमुख कार्यकारी अधिकृत समता पन्त, बैंकका कम्पनी सचिव केशव प्रसाद भण्डारी तथा बरिष्ठ प्रबन्धक विश्वराज भण्डारी समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS