IME Life New

भूकम्पः चीनमा ज्यान गुमाउनेको संख्या ९५ पुग्यो, १३० बढी घाइते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालसँग सीमा जोडिएको चीनको तिब्बतस्थित पहाडी क्षेत्र सिजाङमा मंगलबार बिहान ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९५ पुगेको छ। त्यहाँ एक घन्टाभित्र लगातार ६ वटा भूकम्प गएको थियो।

समाचार एजेन्सी रोयटर्सका अनुसार शक्तिशाली भूकम्पका कारण सिगात्से सहरमा ठूलो क्षति पुर्याएको छ। धेरै भवनसहित पूर्वाधारमा व्यापक क्षति पुगेको छ।

Esewa
Crest

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले सिछाङ स्वायत्त क्षेत्र (तिब्बत) को डिङ्ग्री काउन्टीमा गएको ७.१ म्याग्निच्युडको भूकम्पमा परी ९५ जनाको मृत्यु भएको र १३० भन्दा बढी घाइते भएको जनाएको छ। भारत, नेपाल, बंगलादेश र भुटानका धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो। सिक्किम, अन्य उत्तरपूर्वी राज्य बिहार र पश्चिम बंगाललगायत उत्तर भारतका विभिन्न भागमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो।

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का महसुस भएपछि मानिस घर बाहिर निस्किएर सडक र खुला ठाउँतर्फ दौडेका थिए।

चिनियाँ सञ्चारमाध्यमका अनुसार भूकम्पको केन्द्रविन्दु नजिकै धेरै भवन पनि भत्किएका छन्। चीनको सार्वजनिक प्रसारक सीसीटीभीले भन्यो, ‘डिङ्ग्री काउन्टी र वरपरका क्षेत्रमा शक्तिशाली भूकम्प गएको थियो र केन्द्रविन्दु नजिकका धेरै भवन ध्वस्त भएका छन्।

नेपाली समयअनुसार बिहान ६ बजेर ५० मिनेटमा ७.१ म्याग्निच्युडको भूकम्प गएको हो। यो तीव्रताको भूकम्प निकै शक्तिशाली मानिन्छ।

भूकम्पको केन्द्रविन्दु भारत र युरेसियाको टेक्टोनिक प्लेटहरु ठोक्किएको ठाउँमा रहेको थियो। यी टेक्टोनिक प्लेटहरुको टक्करबाट हिमालय बनेको हो। यी प्लेटको टक्करले हिमालय शृंखलाका पहाडमा यति बलियो बल्ज सिर्जना गर्दछ कि विश्वका केही अग्लो चुचुराको उचाइ परिवर्तन हुन सक्छ।

सीसीटीभीका अनुसार पछिल्लो ५ वर्षमा सिगात्से सहरको २०० किलोमिटरको दायराभित्र ३ वा सोभन्दा बढी रिक्टर स्केलको २९ वटा भूकम्प गएका छन्। तर, मंगलबार बिहान गएको भूकम्पभन्दा यी सबै भूकम्प कम शक्तिशाली थिए।

सिजाङमा गएको ७.१ म्याग्निच्युडको भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको र पृथ्वीको सतहबाट १० किलोमिटर गहिराइमा थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS