IME Life New

भुटानले रिझाउँदा ५ हजार मेगावाट बिजुली उत्पादन गर्न तयार टाटा पावर, गर्‍यो सम्झाैता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बहुर्राष्ट्रिय कम्पनी, टाटा पावरले दक्षिण एशियाली छिमेकी भुटानमा ५ हजार मेगावाट नविकरणीय उर्जा उत्पादनका लागि लगानी गर्ने घोषणा गरेको छ। टाटा पावर र भुटानको ड्रक ग्रीन पावर कर्पोरेशन लिमिटेड (डीजीपीसी) बीच मंगलबार ५ हजार मेगावाट स्वच्छ ऊर्जा क्षमताको विकास गर्न रणनीतिक साझेदारीमा हस्ताक्षर भएको हो ।

भुटानमा उर्जा उत्पादक एक मात्र कम्पनी डीजीपीसी, ड्रुक होल्डिङ एण्ड इन्भेष्टमेण्ट लिमिटेडको सहायक कम्पनी हो ।

Esewa
Crest

टाटा पावरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, एशियाको स्वच्छ ऊर्जा क्षेत्रमा दुई राष्ट्रका दुई प्रमुख पावर कम्पनीहरूबीचको यो सहकार्य सबैभन्दा ठूलो साझेदारी हो।टाटा पावरले भुटानमा नयाँ परियोजनाहरूमार्फत ६९ अर्ब भारू लगानी गर्ने घोषणा गरेको छ।

सहकार्यमार्फत कम्तीमा ५ हजार मेगावाटको नवीकरणीय ऊर्जा आयोजना निर्माण गरिनेछन् । प्रस्तावित आयोजनाहरूमा १,१२५ मेगावाट क्षमताको दोर्जिलुङ एचईपी (जलविद्युत आयोजना); ७४० मेगावाटको गोंगरी जलाशय; १,८०० मेगावाट जेरी पम्प भण्डारण; र ३६४ मेगावाटको चम्खर्चु चौथो चरणबद्ध रुपमा विकास गरिने विज्ञप्तिमा उल्लेख छ ।

टाटा पावरको संयुक्त लगानीमा यसअघि नै भुटानमा ६०० मेगावाट क्षमताको खोलोङ्चु जलविद्युत आयोजना र १२६ मेगावाट क्षमताको डागाच्छु जलविद्युत आयोजना निर्माणाधिन छ।

द बिजनेश स्टाण्डर्डका अनुसार टाटा पावरको सहायक कम्पनी टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीपीआरईएल) ले थप ५०० मेगावाटको सौर्य परियोजनाहरू विकास गर्ने समेत सहमति भएको छ।

भुटानका प्रधानमन्त्री दाशो छिरिङ तोब्गेको उपस्थितिमा टाटा पावरका प्रमुख कार्यकारी अधिकृत दाशो छेवाङ रिन्जिन र टाटा पावरका प्रमुख कार्यकारी अधिकृत प्रवीर सिन्हाबीच थिम्पुमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

80%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS