IME Life New

भुटानमा लगानी विस्तार गर्दै गौतम अडानी, ५७० मेवाको ग्रीन हाइड्रो प्लान्ट स्थापना गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अडानी समूहले भुटानमा ५७० मेगावाटको ग्रीन हाइड्रो प्लान्ट स्थापना गर्ने भएको छ। अडानी समूहका अध्यक्ष गौतम अडानीले जुन १६ मा भुटानी राजा जिग्मे खेसर नामग्याल वाङ्चुक र प्रधानमन्त्री दाशो छिरिङ तोब्गेलाई थिम्पुमा भेटेका थिए। सोही क्रममा उनले भुटानमा ५७० मेगावाटको हरित जलविद्युत आयोजना निर्माणका लागि सम्झौतामा हस्ताक्षर गरेका हुन्।

यसबारेमा गौतम अडानीले सामाजिक सञ्जालमा एक पोस्ट शेअर गरेका छन्, ‘चुखा प्रदेशमा ५७० मेगावाटको हरित जलविद्युत आयोजनाका लागि ड्रुक ग्रीन पावर कर्पोरेसन लिमिटेड (डीजीपीसी)सँग सम्झौता भएको छ।’

Esewa
Crest

उनले थप लेखेका छन्, ‘भुटानका प्रधानमन्त्रीले राजाको भिजनलाई अगाडि बढाउँदै राज्यभर बृहत पूर्वाधारको पहल गरिरहेको देख्न पाउँदा खुसी लागेको छ। भुटानमा जलविद्युत र अन्य पूर्वाधारमा सँगै काम गर्न तत्पर छन्।’

गौतम अडानीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकलाई पनि भेटेका थिए। सामाजिक सञ्जाल साइटमा एक पोस्ट साझा गर्दै लेखेका छन्, ‘म भुटान र ठूला कम्प्युटिङ सेन्टरहरु र डाटा सुविधाहरु समावेश गर्ने गेलेफु माइन्डफुलनेस सिटीका लागि महत्वाकांक्षी इको–फ्रेन्डली मास्टर प्लानबाट प्रेरित छु। यी पहलहरु र कार्बन नकारात्मक राष्ट्रका लागि हरित ऊर्जा व्यवस्थापनमा सहयोग गर्न तत्पर छन्।’

गत महिनाको सुरुमा श्रीलंका सरकारले गौतम अडानीको नवीकरणीय ऊर्जा कम्पनी अडानी ग्रीन एनर्जीसँग मिलेर देशमा पवन पावर स्टेसन विकास गर्न स्वीकृति दिएको थियो। अडानी ग्रीन एनर्जीले श्रीलंकाको मन्नार र पुनारिनमा पवन पावर स्टेसनहरु निर्माण गर्नेछ।

दुवै पक्षले २० वर्षे विद्युत् खरिद सम्झौतामा हस्ताक्षर गरेका छन्। श्रीलंका सरकारले सम्झौताअनुसार कम्पनीलाई प्रतिकिलोवाट घन्टा (केडब्ल्यूएच) ८.२६ सेन्ट तिर्नुपर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS