IME Life New

भीषण डढेलोको चपेटामा परेको लस एन्जलसमा लुटपाट मच्चियो, २० जना पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोेले लस एन्जलस सहरको ठूलो हिस्सा जलेर खरानी भएको छ। डढेलोबाट ठूलो संख्यामा घर, विद्यालय र पूजास्थल जलेर खरानी भएका छन्।

लस एन्जलस सहरमा लागेको डढेलो दुई दिन बितिसक्दा पनि नियन्त्रणमा नआएको अधिकारीहरुले बताएका छन्। डढेलो लगातार बढिरहेको छ। अधिकारीहरुले अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि गरेका छन् र यो संख्या बढ्न सक्छ।

Esewa
Crest

यसैबीच डढेलो लागेको सहरमा लुटपाट सुरु भएको खबर छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई लस एन्जलस (एलए) को इतिहासकै सबैभन्दा विनाशकारी डढेलो भएको बताएका छन्। सहरको पश्चिमतर्फ सान्ता मोनिका र मालिबु बीचको पालिसेड्स आगो र पासाडेना नजिकैको पूर्वमा ईटन डढेलोले हालसम्म करिब २८ हजार एकड क्षेत्र जलेको छ र सम्पूर्ण क्षेत्रलाई खरानी बनाएको अधिकारीहरु बताउँछन्। डढेलोको त्रासको बीचमा लस एन्जलसबाट लाजमर्दो खबर आएको छ।

डढेलोका कारण हजारौं बासिन्दाले आफ्नो घर छाडेपछि डाँकाहरुले खाली घरहरुलाई निशाना बनाउन थाले। लुटपाटका घटना यति बढेका छन् कि अधिकारीहरुलाई चेतावनी दिनुपरेको छ। एएफपीले एलए काउन्टीका अधिकारी क्याथरिन बर्गरलाई उद्धृत गर्दै भनिन्, ‘आपतकालबीच हामीले घरहरु लुट्ने र लुटपाट गरेर कमजोर समुदायहरुलाई लक्षित गर्ने मानिसहरु देखेका छौँ। यो बिल्कुल अस्वीकार्य छ।’
लुटेराहरुलाई सम्बोधन गर्दै उनले भनिन्, ‘म तिमीलाई जवाफदेही बनाउँछु भन्ने वाचा गर्छु। यो संकटको समयमा हाम्रा बासिन्दाहरुलाई शिकार गर्नेहरुलाई लाजमर्दो।’

प्रहरीले हालसम्म २० जनालाई पक्राउ गरेको बर्गरले बताइन्। अधिकारीहरुले डढेलोमा परी कम्तीमा ६ जनाको मृत्यु भएको र हजारौं भवन ध्वस्त भएको बताएका छन्। लगभग १ लाख ८० हजार मानिसलाई आफ्नो घर खाली गर्न आदेश दिइएको छ। मृत्यु हुनेको संख्या बढ्न सक्ने सम्भावना छ।

लस एन्जलस काउन्टी फायर चीफ एन्थोनी मार्रोनका अनुसार ईटनको डढेलो धेरै हदसम्म बढ्नबाट रोकिएको छ, यद्यपि यो अझै भीषण छ।

यसैबीच, हप्ताको सुरुमा १६० किलोमिटर प्रतिघन्टाको हावाको गति थोरै सुस्त भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS