IME Life New

भीषण आगलागीपछि सेजमा सिफ्ट भएको टायल्स उद्योगले भित्र्यायो विदेशी साझेदार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराको जितपुर सिमरामा नेपोभिट ब्राण्डमा नेपालको पहिलो टायल्स उद्योग सञ्चालन गरेको नेपाल सेरामिक्स प्रालिले सिमरा विशेष आर्थिक क्षेत्र भित्र नयाँ उद्योग स्थापना गरिरहेको छ।

यो उद्योगले भारतको एशियन ग्रेनिटो इन्डिया लिमिटेड (एजिआइएल) लाइ रणनीतिगत साझेदारका रूपमा भित्र्याएको छ । विश्वका एक सयभन्दा बढी देशमा सेरामिक टायल्सको व्यापार गरिरहेको एजिआइएल भारतको ठूलो समूह मध्येको हो।

Esewa
Crest

नेपाल सेरामिक्सले एजीआईएलसँग उत्पादन र लाइसेन्स सम्बन्धि सम्झौता गर्ने प्रकृयामा रहेको छ। दुबै पक्षबीच सम्झाैता सम्पन्न भएपछि नेपालमै “एजिएल” ट्रेडमार्क अन्तर्गत भित्ते टाइल्स, सेनेटरी वेयर र सिपि फिटिङ्सको उत्पादन र बिक्री गर्ने बाटो खुल्नेछ।

नेपोभिट टायल्सको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा एक अर्बको बीमा, क्षतिबारे अझै यकीन हुन बाँकी

भारतीय कम्पनीले नेपाल सेरामिक्सलाइ प्रविधि हस्तान्तरण, गुणस्तर सुनिश्चितता र भारतीय बजारमा निर्यातका लागि सहयोग गर्नेछ।

रेटिङ एजेन्सी केयर रेटिङ्गस नेपालका नेपाल सेरामिक्सले अनुसार उद्योग स्थापना र सञ्चालनका लागि ८१ करोड २३ लाख रूपैयाँको क्रेडिट रेटिङ गराएको छ। रेटिङका क्रममा वित्तीय सबलताका आधारमा सेरामिक्सले ६३ करोड २० लाख रूपैयाँ दीर्घकालीन कर्जाका लागि डब्बल बी माइनस र १८ करोड अल्पकालीन कर्जाका लागि एफो रेटिङ पाएको छ।

निर्माणाधीन उद्योगले वार्षिक २८ लाख ५० हजार बाकस अर्थात २ करोड ४६ लाख वर्ग फुट टायल्स उत्पादन गर्नेछ। उद्योगका लागि ८४ करोड ३७ लाख रूपैयाँ कुल लगानी हुने अनुमान गरिएको छ। यसका सञ्चालकले २५ प्रतिशत चुक्ता पूँजी र बाँकी ऋण पूँजीबाट जुटाउने योजना बनाएका छन् । प्रस्तावित चुक्ता पूँजीमध्ये सञ्चालकले ५० प्रतिशत रकम लगानी गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS