IME Life New

भियतनाममा सामाजिक बीमाको दायरा बढाउन विश्व बैंकको सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भियतनाममा सामाजिक बीमाको दायरा बढाउन विश्व बैंकले सहयोग गर्ने भएको छ।

भियतनाम सामाजिक सुरक्षा (भीएसएस)को सहकार्यमा विश्व बैंकले त्यहाँ सामाजिक बीमाको दायरा बढाउन सहयोग गर्ने भएको हो। हालै भियतनामको सामाजिक बीमा ऐन, २०२४ मा संशोधन गरिएको थियो। ऐन संशोधनको मुख्य लक्ष्य अनौपचारिक क्षेत्रका कामदारलाई बीमाको दायरामा समेट्नु रहेको छ।

Esewa
Crest

विश्व बैंक र भीएसएसको मुख्य उद्देश्य भनेको भियतनामी सरकारले सामाजिक बीमाको दायरा सन् २०३० सम्म ६० प्रतिशतलाई समेट्ने लक्ष्यलाई पूरा गर्नु रहेको छ। यसका लागि विश्व बैंकको योगदानमा सरकारी सहुलियतलाई बढाइनेछ।

सामाजिक बीमाको दायरामा अनौपचारिक क्षेत्रका कामदारलाई समेट्नका लागि सोहीबमोजिम बीमा योजना ल्याउने विषयमा छलफल पनि भइरहेको छ। विश्व बैंकले इजिप्टको सामाजिक बीमा प्राधिकरणले गरेको डिजिटल रुपान्तरण र त्यहाँको बढ्दो अनौपचारिक क्षेत्र कामदारलाई बीमा योजनामा ल्याउने प्रयासको अध्ययन भ्रमण गर्न विश्व बैंकले भीएसएससँग प्रस्ताव गरेको छ।

विश्व बैंकले भियतनाममा सामाजिक बीमाको दायरा बढाउन प्राविधिक र आर्थिक सहयोगका साथै बीमा कम्पनीमा कार्यरत कर्मचारी तालिम पनि उपलब्ध गराउनेछ।

हाल भियतनाममा सामाजिक बीमाको दायरामा ३४ प्रतिशत अनौपचारिक क्षेत्रका कामदार समेटिएका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS