IME Life New

भिमदत्त नगरपालिकामा नेपाल बैंकको डिजिटल बैंकिङ साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । नेपाल बैंक लिमिटेड सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाको एमिटि कलेज, महेन्द्रनगर र सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यार्थीहरु लगायत समाजका सबै बर्गलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ्का प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको बैंकले जनाएको छ।

Esewa
Crest

भिमदत्त नगरपालिकामा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेश राज जोशीले डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा १२५ जना स्थानियको सहभागिता रहेको बैंकले जनाएको छ।
एमिटि कलेज महेन्द्रनगरमा भएको कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको बैंकले जनाएको छ।

डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी उक्त कार्यक्रम उद्घ्घाटन गर्दै सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका डिन प्रा.डा. पदम राज जोशीले सुदूरपश्चिम विश्वविद्यालयको नेपाल बैंक संगको आत्मीय सम्बन्ध र यस बैंकले प्रवाह गर्दै आएका ग्राहकमैत्री सेवाहरुको चर्चा गर्दै डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रमबाट बिबिए अध्यनरत बिध्यार्थीहरुमा ठुलो बित्तीय चेतना जार्गीत गरेको भन्दै हर्ष र धन्यवाद व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS