IME Life New

भिभो प्रविधी संवादको प्रथम भर्चुअल कार्यक्रम सम्पन्न, ५ जी को अवस्थाबारे नेपाल र पाकिस्तनका उद्योग विशेषज्ञबीच छलफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिभो द्वारा बुधबार ‘भिभो ५जी टक’ भर्चूअल कार्यक्रमको समूदघाटन गरेको छ । जसमा नेपाल तथा पाकिस्तानका उद्योग विशेषज्ञहरुलाई यस क्षेत्रमा ५जी को वर्तमान अवस्था तथा निकट भविष्यमा व्यापार र दैनिक जीवनमा यसले ल्याउन सक्ने सम्भावित रुपान्तरण बारे संवाद गरिएको थियो । यस कार्यक्रमले भिभोको टेक–टक पहलको निम्ति मंच तयार गरेको छ । जून दुरसंचारको उन्नतिका लागि अर्थपुर्ण संवाद गर्ने उद्देश्यले आयोजना गरिएको हो । ‘ असीमित बुद्घिमान संसार’ मा विषयतित उक्त कार्यक्रम तथा प्यानल छलफलमा दुरसंचार पारिस्थितिक प्रणालीका विविध आयाम तथा अन्तर–क्षेत्रीय संवादको निम्ति मंच सिर्जना गर्नमा केन्द्रित रहेको थियो ।

भिभोको ५जी टक भर्चूअल कार्यक्रमको प्यानलमा नेपाल र पाकिस्तानका ६ जना विशेषज्ञहरुको सहभागिता रहेको थियो । कार्यक्रममा निरज भूषालः गैर राजपत्रित–अर्थ मन्त्रालय, नेपाल ; मूहम्मद अदिल इसरारः आजियाटा एनसेलका प्रमूख प्रविधि तथा उद्यम व्यापार अफिसर र आजियाटा नेपालका प्रमूख प्रविधि अफिसर ; मिनू प्रधानः नेपाल टेलिकमका निर्देशक ; पर्भेज इफ्ितखारः सूचना र संचार प्रविधि निति तथा नियमनका अन्तर्राष्ट्रिय सल्लाहकार, पाकिस्तान ; खलीद खानः केद्रिय एसियाली सेलूलर मंचका संस्थापक तथा अध्यक्ष, पाकिस्तान र आसिफ अजिजः प्रमूख व्यापार अफिसर, ज्याज पाकिस्तान सहित ६ जना विशेषज्ञहरुको उपस्थिती थियो ।

Esewa
Crest

नेपाल तथा पाकिस्तान जस्ता उदयमान अर्थतन्त्रमा ५जी का फाइदाहरुबारे छलफल गर्दै प्यानलिष्टहरुले परिष्किृत संचारले पुर्वाधार निर्माणका चूनौतीहरुका समाधानहरु प्रदान गर्ने निष्कर्ष निकाले, जस्तै– दूर स्वास्थ्यसेवा, शिक्षा तथा नव व्यापार नमूना जसले यी राष्ट्रका कूल उत्पादन वृद्धिमा बढावा पूर्याउन सक्दछ । आवश्यक पुर्वाधारका साथै सहायक नियमन नितीहरुको कार्यान्वयनद्वारा ५जी विस्तारका प्रमूख बाधकहरु, जस्तै भौगोलिक अवरोध तथा स्पेक्ट्रम उपलब्धतालाई पन्छाउँदै नवपवर्तन तथा उद्यमशीलताको निमित्त अनूकुल वातावरण निर्माणको महत्वमा प्यानलको विशेष जोड रह्यो । वक्ताहरुले नेपाल र पाकिस्तान लगायतका देशहरुमा ५जी को अधिकतम संभावनाको प्रयोगको निमित्त व्यावसायिक व्यवहार्यता तथा सार्वजनिक–निजी क्षेत्रको सहकार्यको आवश्यकतालाई औल्याएको थियो ।

“ दरिलो वृद्धि अनुभव गर्दै गरेको एसिया क्षेत्रले ५जी को पुर्ण लाभ उठाउन बाँकी नै छ । हाम्रो क्षेत्रले (संचार प्रविधीले) ५जी कार्यान्वयन गर्न तर्फ विशाल पाइलाहरु चाल्दै छ र आजको छलफलले यस क्षेत्रमा (नेपाल र पाकिस्तानमा) आगामी दिन र डिजिटल रुपान्तरणको झलक दिएको छ ,” भिभो संचार अनुसन्धान संस्थानका अग्रणी विशेषज्ञ राकेश ताम्राकारले बताए । “भिभोमा हामी ५जी स्मार्टफोनलाई अझ छरीतो र पहूँचयोग्य बनाउँनमा समर्पित छौँ जसले समूदायहरुलाई सशक्त बनाउन र नयाँ डिजिटल भूगोलमा फस्टाउन सहयोग पूर्याउनेछ ।” यस क्षेत्रमा व्यापक अनूसन्धान र विकासका पहल सहितका हाम्रा अथक प्रयासहरुले उन्नत नवप्रवर्तनहरुको नतिजा निकालेको छ जून हाल विश्वव्यापी ५जी मापदण्डका हिस्सा छन् । नवप्रवर्तन तथा सहकार्यलाई बढावा दिएर हामी असीमित बूद्धिमान संसारलाई आकार दिन योगदान पूर्याउन सक्नेमा विश्वस्त छौँ, जहाँ सबैले उन्नत संचार प्रविधिको लाभ उठाउन सक्दछन् ।

५जी अनूसन्धानमा केन्द्रित १०० जना विशेषज्ञहरुको टोली रहेको भिभो ३ जी पी पी मापदण्डको प्रमूख योगदानकर्ता हो । साथै १०,००० भन्दा ज्यादा ५जी प्रस्तावहरु र ५,००० अधिक ५जी आविस्कार पटेन्टहरुका पनि । सबैभन्दा ठुला स्मार्टफोन निर्माता तथा ५जी अग्रगामीहरुमध्ये एक भिभो यस्तो नवप्रवर्तन पालनमा कटिबद्ध छ जसले प्रयोगकर्ताका आवश्यकताहरु र उन्नत प्रविधीलाई अघि सार्दै विश्वव्यापी ग्राहकहरुको दैनिक अनूभव सूधार्दछ ।

भिभोले आगामी पिढीका संचार प्रविधीलाई उपयूक्त विस्तृत उत्पादनहरु तयार पारेको छ, जसले उपभोक्ताका भिन्न आवश्यकता पूरा गर्दछन् । उदाहरणको लागि, शक्तिशाली एक्स र वाइ सिरीजका फोनहरु, जुन भिभोको अभिनवी “३डी स्ट्याकिंग” प्रविधीको कारण बजारकै सबैभन्दा पातला ५जी फोनहरु मध्ये पर्दछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS