IME Life New

भिजिट भिसामा अनिवार्य १५ लाख रुपैयाँको बीमा गर्नुपर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले भिजिट भिसामा जानेले १५ लाख रुपैयाँको अनिवार्य  बीमा गनुपर्ने प्रस्ताव अघि बढाउने भएको छ । भिजिट भिसामा विदेश गएर अलपत्र पर्ने गरेको गुनासोपछि यस्तो व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।  यो प्रावधान लागु भए पछि १५ लाख रुपैयाँ बराबरको जिवन बीमा गरेकाले मात्रै  भिजिट भिसाको अनुमति पाउने छन् ।

अध्यागमन विभागले ‘अध्यागमन कार्यविधि–२०६५’ संशोधन गर्ने क्रममा यस्तो प्रावधान थप गरेको हो । संसोधन गर्न लागिएको कार्यविधिको  ‘नेपाली नागरिक प्रस्थान अनुमतिको पर्यटन भिसा’को दफालाई संशोधन गर्दै बीमालाई अनिवार्य गर्न लागिएको विभागले जनाएको छ ।

Esewa
Crest

भिजिट भिसामा विदेश गएका धेरै नेपालीहरु समस्यामा परेको गुनासोका आधारमा विभागले कार्यविधि संशोधन गर्न मन्त्रालयमा प्रस्ताव पेश गरेको विभागका निर्देशक टेकनारायण पौडेल बताउँछन् ।

“वैदेशिक भ्रमणमा गई काममा संलग्न हुने तर उनीहरु बिचल्ली र अलपत्र पर्ने अवस्था आउन नदिन यस्तो व्यवस्था गर्न लागिएको हो,” पौडेलले भने, “कार्यविधि संशोधन भएर कार्यान्वयनमा आएपछि सबै देशमा भिजिट भिसामा जाने नेपाली नागरिकले १५ लाख रुपैयाँको अनिवार्य बीमा गर्नुपर्नेछ ।”

यसरी जानेहरु उद्देश्यभन्दा अन्य गतिविधिमा संलग्न भएसँगै गृह मन्त्रालयले भिजिट भिसामा छानबिन समिति गठन गरेको थियो । छानबिन समितिले दिएको सुझावको आधारमा अध्यागमन विभागले ‘अध्यागमन कार्यविधि–२०६५’को नेपाली नागरिक प्रस्थान अनुमतिको पर्यटन भिसाको दफालाई संशोधन गर्न लागेको हो ।

नेपालबाट प्रस्थान गर्दा भिजिट भिसामा जाने र गन्तव्यमा पुगेपछि कामदार बन्ने प्रवृत्ति पछिल्लो समयमा बढेर गएको छ । यसरी काम गर्दा कुनै पनि करार सम्झौताबिना काम गर्नुपर्ने, काममा कुनै पनि तोकिएको सेवा सुविधा नपाउने, दुर्घटना हुँदा कुनै क्षतिपूर्ति नपाउने कसैलाई उद्धार गर्न समस्या पर्दै आएको थियो ।

यसरी भ्रमणमा गएका नागरिक बिचल्लीमा नपरुन् र अलपत्र नपरुन् भनेर उनीहरूको हित र सुरक्षाको लागि नै बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउन लागिएको निर्देशक पौडेलको भनाई छ । गृह मन्त्रालयका उपसचिव रुद्रप्रसाद पंगेनी संयोजक रहेको पाँच सदस्य समितिले दिएको सुझावका आधारमा कार्यविधिलाई विभागले संशोधन गर्न लागेको हो ।

विभागले हाल सो कार्यविधि विभागीय कार्ययोजना तोकेर नै कार्यान्वयनको लागि दुई साता अगाडि सिफारिस गरेको र माघ महिनाभित्रै लागू हुने विभागले जनाएको छ ।
भिजिट भिसा वाहकलाई छुट्टै भिजिट भिसा डेस्कबाट मात्र अनुमति दिने व्यवस्था मिलाउन सुझाएको छ । यसरी गएका नागरिकले दुईतर्फी टिकट पनि देखाउनु पर्ने यसअघि नै व्यवस्था छ । बस्न खानको लागि विदेशमा कसैले समन्वय नगरेको हकमा एक हजार डलर विदेशी मुद्रा भ्रमणवाहकले बोक्नुपर्छ ।

विभागले बीमाको नीति बनाउनको लागि आन्तरिक तयारी समेत पूरा गरी बीमा समितिसँग छलफल अगाडि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS