IME Life New

भिजन सेक्यूरिटिजको लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व लगानी सप्ताहको अवसरमा भिजन सेक्यूरिटिज प्रालिले लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल धितोपत्र बोर्ड तथा स्टक ब्रोकर्स एशोसिएशन अफ नेपालको सहजिकरणमा कम्पनीले काभ्रेको बनेपामा शनिबार एक दिने लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गरि लगानीकर्ताहरुसँग साक्षात्कार गरेको हो ।

कार्यक्रममा सांसद हरि ढकालले धितोपत्र वजार विकास, विस्तार र स्थायीत्वको लागि विगत देखिनै आफु लागि परिरहेको र हाल संसदको भूमिका रहँदामा समेत धितोपत्र वजार सम्वन्धी विषयवस्तुहरु सदनमा राख्ने गरेको बताए । उनले लगानीकर्ताहरुले सामाजिक सञ्जालमा आउने नकारात्मक टिप्पणीहरुलाई बेवास्ता गर्दै स्वविवेक प्रयोग गरि धितोपत्र बजारमा लगानी गर्न सुझाव दिए ।

Esewa
Crest

त्यसैगरी नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेपाल धितापत्र बोर्डका सञ्चालक सुरकृण वैद्यले नीतिगत स्थायित्व नभएका कारण व्यवसायी पलायन हुनु परेको, धितोपत्र बजारको विकास र विस्तारमा मुद्रा बजारको नियामक निकाय नेपाल राष्ट्र वैंक र पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड बीच समन्वयकारी सम्वन्ध हुनु पर्ने र पूँजी बजारलाई उत्पादन मुलक क्षेत्रमा राखिनु पर्ने बताए ।

साथै, नेपाल धितोपत्र बोर्डका निर्देशक विनय जस्पाउले सम्वन्धीत सरोकार पक्षहरुसँग सहकार्य गर्दै लगानीकर्ता सचेतना अधिवृद्धि कार्यक्रमलाई निरन्तरता दिने बताए । बनेपा नगरपालिकाका कार्यवाहक प्रमुख हिटलर शाक्यले धितोपत्र वजार सम्वन्धी जानकारी मुलक कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिएका थिए ।

कार्यक्रममा नेपाल धितापत्र वोर्डका कामु निर्देशक राजाराम दुवालले धितोपत्र वजार सम्वन्धी हाल कार्यनवयनमा रहेका नीति नियमहरु सहित धितोपत्र वजारको सम्वद्ध पक्षहरुको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए भने धितोपत्र बजारविज्ञ तथा विश्लेषक सुवास चन्द्र भट्टराईले लगानीकर्ताहरुले बजारको विभिन्न चरणमा गर्ने गल्तीहरु सहित व्यवहारिक पक्षलाई समेटेर कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै कम्पनीका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले आगामी दिनहरुमा नियामक निकाय, उद्योग वाणिज्य संघ तथा विभिन्न संघ/संस्थाहरु संग सहकार्य गर्दै यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS