IME Life New

भिजन सेक्युरिटिजले विद्युतीय केवाईसी संचालन गर्दै, सिडिएससीसँग गर्यो सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर वजारमा निक्षेप तथा राफसाफ सेवा उपलव्ध गराउने प्रयोजनका लागि स्थापित कम्पनी सिडिएस एण्ड क्लियरिङ्ग र यस भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) वीच “विद्युतीय केवाईसी प्रणाली” मार्फत डिम्याट खाता सञ्चालन गर्ने सम्वन्धी सम्झौता भएको छ । “विद्युतीय केवाईसी प्रणाली” मार्फत डिम्याट खाता सञ्चालन सेवा उपलव्ध गराउन साउन १२ गते शुक्रवारका दिन सम्झौता भएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लि. ले निक्षेप सदस्य भिजन सेक्युरिटिज् प्रा.लि. संग पहिलो सम्झौता गरि यो सेवा लागु गरिएको छ । यो सेवा लागु भए पश्चात ग्राहकहरुले विद्युतीय माध्यमवाट आफ्नो खाता रजिष्ट्रर गर्न सक्नेछन् ।

Esewa
Crest

ग्राहकको औठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अध्यावधिक हुनेछ । यसरी रजिष्ट्रर प्रकृया पुरा गरे पश्चात ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाईसी नम्बर लिए पश्चात सिडिएस एण्ड क्लियरिङ्ग लि. वाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकर लगायतका संस्थामा खाता खोल्नु परेमा उक्त नम्वरको प्रयोग गरि सजिलै खाता खोल्न सकिने र पुनः अर्काे फारम भर्न पर्ने झन्झटवाट ग्राहकहरु मुक्त हुने हुँदा लगानीकर्ताहरु थप लाभान्वित हुनेछन् । यसरी खोलिएका खाताहरुको विवरण समेत अनलाईन लगईन मार्फत ग्राहक आफैले हेर्न पाउने व्यवस्था समेत रहेको जनाएको छ ।

तसर्थ सम्पुर्ण ग्राहक महानुभावहरुलाई कार्यालयमा उपस्थित भई सेन्ट्रल केवाईसी मा अद्यावधिक गरि यस प्रा.लि. मार्फत खाता खोली मौकाको फाईदा उठाउनु हुन समेत सेक्युरिटिजले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS