IME Life New

भिजन सेक्युरिटिजद्धारा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को व्यवस्थापन तथा नेपाल धितोपत्र वोर्ड र स्टक व्रोकर एशोसिएसन अफ नेपालको आयोजनामा चैत्र ११ गते शनिवार लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम सिद्धार्थ लुम्वीनी ग्रिन रिसोर्ट, शिवराज–२, वालपुरमा सम्पन्न भएको हो ।

ग्लोबल मनी वीक २०२३ को अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो । धितोपत्र वजार सम्वन्धी हाल सम्म कार्यक्रम नभएका÷कम भएका जिल्ला/प्रदेश जस्ता स्थानहरुमा कम्तिमा एक स्थानमा स्टक व्रोकर एशोसिएसन अफ नेपाल संग समन्वय गरि कार्यक्रमको आयोजना गर्ने नेपाल धितोपत्र बोर्डको निर्णयानुसार यस प्रा.लि.ले लुम्वीनी प्रदेश, कपिलवस्तु जिल्लाको चन्द्रौटामा सचेतना कार्यक्रमको आयोजना गरेको हो ।

Esewa
Crest

नेपाल धितोपत्र वोर्ड (सेवोन) का प्रतिनिधि, स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधि तथा अन्य स्थानीय संघ/संस्थाका, सामाजिक संस्थाहरुका प्रतिनिधिहरु, स्थानिय जन प्रतिनिधिहरु समेतको उपस्थितिमा प्रदेश सभा सांसद (कपिलवस्तु प्रदेश ३ क) माननीय श्री अर्जुन कुमार के.सी ज्यूको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।

धितोपत्र बजार तथा सो को कारोवार सम्वन्धमा लगानिकर्ताहरुलाई थप जानकारी तथा सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा धितोपत्र वजार सम्वन्धी नीति, नियम तथा प्रावधानहरुको विषयमा सेवोनका प्रतिनिधि सहायक निर्देशक भुवन देसारले कार्यपत्र प्रस्तुत सहित प्रशिक्षण गरेका थिए । दोश्रो वजारमा कारोवार गर्न लगानिकर्ताले ध्यान दिनु पर्ने विषयमा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न संघ/संस्था, सामाजिक संस्था, वित्तिय तथा विमा कम्पनीवाट आएका अतिथि सहभागीहरु सहित २५० जना लगानिकर्ताहरुको सहभागिता रहेको थियो ।

यस भिजन सेक्यूरिटिज् प्रा.लि. (ब्रोकर नं. ३४) ले हाल उपत्यका वाहिर चारदोवाटो–वनेपा, नारायणपथ–भैरहवा, सभापतीचोक–कावासोती, सफासडक–दमौली, गणेशटोल–वेनी कास्की– विरौटा, ईलाम–ईलाम वजार, कैलाली–टिकापुर र कपिलवस्तुको चन्द्रौटामा गरि उपत्यका वाहिर ९ वटा शाखा वाट शेयर कारोवार सम्वन्धी सेवा प्रवाह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS