IME Life New

भिजन सेक्युरिटिजको लगानिकर्ता सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को आयोजनामा बैशाख १५ र १६ गते शुक्रवार र शनिवारका दिन सिन्धुपाल्चोक जिल्लाको खाडिचौर, जलविरे र चनौटेमा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।

नेपाल धितोपत्र बोर्डको सहजिकरण तथा स्थानिय व्यक्तित्व होम नारायण श्रेष्ठज्यूको विशेष सहयोगमा सम्वन्धित स्थानका स्थानिय निकाय तथा जन प्रतिनिधिहरु, वडा प्रतिनिधिहरु, संघ संस्थाका प्रतिनिधिहरु लागायत लगानीकर्ताहरुको उपस्थितिमा उक्त कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ ।

Esewa
Crest

बलेफी गाउँपालिकाको खाडिचौरमा वलेफी गाउपालिका वार्ड नं. ६ का अध्यक्ष तेजवहादुर पराजुलीको समुपस्थितिमा वैशाख १५ गते शुक्रवार कार्यक्रम सम्पन्न भएको थियो साथैे जलविरे र जुगल गाउँपालिकाको चनौटेमा वैशाख १६ गते शनिवार कार्यक्रम सम्पन्न भएको थियो ।
दोश्रो वजारमा कारोवार गर्नको लागि आवश्यक प्रकृया, लगानिकर्ताले ध्यान दिनु पर्ने विषय, अनलाईन कारोवार सम्वन्धी व्यवस्था लगायतका विषयहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले कार्यपत्र प्रस्तुत गरेका थिए भने धितोपत्र वजार सम्वन्धी नीति, नियम तथा प्रावधानहरुको साथै शेयर वजारमा हुने जोखिम तथा प्रतिफलका विषयमा नेपाल धितोपत्र बोर्डका उप कार्यकारी निर्देशक नाराण प्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस प्रा.लि.ले देशका विभिन्न स्थानहरुमा स्थानिय निकाय, उद्योग वाणिज्य संघ, नेपाल धितोपत्र वोर्ड लगायत अन्य संघ संस्थाहरुको सहयोगमा लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रमको आयोजना गर्दै आईरहेका छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS