IME Life New

भिजन सेक्युरिटिजको लगानिकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक ब्रोकर नं. ३४) को आयोजनामा चैत ४ गते शनिवार पानस व्याङ्क्वेट, कावासोती–२, नवलपुरमा लगानिर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल धितोपत्र वोर्ड (सेवोन), नेपाल स्टक एक्सचेन्ज लि. (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससी) तथा अन्य स्थानीय संघ/संस्थाका प्रतिनिधिहरु समेतको उपस्थितिमा कावासोती नगर प्रमुख विष्णु प्रसाद भुसालको प्रमुख आतिथ्यता उक्त कार्यक्रम सफलताका साथ सम्पन्न भएको छ ।

धितोपत्र बजार तथा सो को कारोवार सम्वन्धमा लगानिकर्ताहरुलाई थप जानकारी तथा सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा धितोपत्र वजार सम्वन्धी भइ गरेका नीति, नियम तथा प्रावधानहरुको विषयमा सेवोनका प्रतिनिधि का.मु. निर्देशक तोलाकान्त न्यौपानेले प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

ट्रेड म्यानेजम्यान्ट सिस्टम वाट दोश्रो वजारमा कारोवार कसरी गर्ने भन्ने विषयमा नेप्सेका आईटी अफिसर सन्तोष थापा ज्यूले प्रशिक्षण गरेका थिए । यसै गरि निक्षेप सदस्य सेवा तथा कारोवार राफसाफ प्रकृयाको वारेमा सिडिएससीका आईटी अफिसर बाल शंकर थापाले प्रशिक्षण गरेका थिए । दोश्रो वजारमा कारोवार गर्न लगानिकर्ताले ध्यान दिनु पर्ने विषयमा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले प्रशिक्षण दिएका थिए ।

यस भिजन सेक्यूरिटिज् प्रा.लि. (ब्रोकर नं. ३४) ले हाल उपत्यका वाहिर चारदोवाटो–वनेपा, नारायणपथ–भैरहवा, सभापतीचोक–कावासोती, सफासडक–दमौली, गणेशटोल–वेनी कास्की– विरौटा, ईलाम–ईलाम वजार, कैलाली–टिकापुर र कपिलवस्तुको चन्द्रौटामा गरि उपत्यका वाहिर ९ वटा शाखा वाट शेयर कारोवार सम्वन्धी सेवा प्रवाह गर्दै आइरहेको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS