IME Life New

भिजन सेक्युरिटिजको नयाँ शाखा कुमारीपाटीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यस भिजन सेक्युरिटिज् प्रा.लि. (स्टक व्रोकर नं. ३४) ले नियामक निकायहरुवाट अनुमती लिई  उपत्यकाभित्र पहिलो पटक ललितपुर महानगरपालिका वार्ड नं. २०, कुमारीपाटीमा शाखा कार्यालय स्थापना गरेको छ । ललितपुर महानगर पालिकाका नगर उप–प्रमुख मञ्जली शाक्य वज्राचार्यले उक्त शाखाको उद्घाटन गरेकी हुन् ।

उक्त कार्यक्रममा सिडिएस एण्ड क्लियरिङ्ग लि. का प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आचार्य, भेञ्चर क्यापिटल प्रा.लि.का अध्यक्ष भिम प्रसाद तिमिल्सिना, ललितपुर महानगरपालिका वडा नं. २० का वडा सदस्य अमर डंगोल महर्ज, नेपाल ईन्भेष्टर्स फोरमका उपाध्यक्ष अन्जिव तुलाधर, शेयर लगानिकर्ता संघ नेपालका सदस्य रविन महर्जन, नेपाल पुजीँ वजार लगानिकर्ता संघका ७ नं. प्रदेश संयोजक कुमार थापाको उपस्थिति रहेको थियो । यसै गरि यस कार्यक्रमको सभापतित्व भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले गरेका हुन् । कार्यक्रम सञ्चालन भने प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले गरेका हुन् ।

Esewa
Crest

आर्थिक मन्दी, तरलताको अभावको मुद्रा संकुचन जस्ता असरले शेयर वजारलाई पनि प्रभावित वनाएकोले हालको अवस्थामा कम्पनीहरुको वित्तिय विवरण राम्रोसंग अध्ययन गरेर मात्र लगानी गर्न प्रमुख अतिथि उपमेयर मञ्जली शाक्य वज्राचार्यले लगानिकर्ताहरुलाई अनुरोध गरिन् । शेयर वजारमा हुने उतार–चढाव एक प्रकृयामा रहने भएकोले अहिलेको अवस्थामा केहि समयलाई होल्ड गर्ने गरि लगानी गरिएमा प्रतिफल राम्रो आउन सक्ने अवस्था रहेको वारे विशेष अतिथि पुर्ण प्रसाद आचार्यको भनाई थियो । साथै लगानिकर्ताहरुको डाटाहरुलाई सुरक्षित गर्न सिडिएस तथा क्लियरिङ्ग लि.ले आफ्नो कार्यालयमा, सिंहदरवारमा र उपत्यका वाहिर हेटौंडामा गरि तीन स्थानमा डाटा सेन्टर राखिएको बताए । भिजन सेक्युरिटिज् प्रा.लि. नाफमुखी मात्र नभई सेवा मुखी भएको र सोहि बमोजिम धितोपत्र वजारको पहुँचलाई विस्तार गर्न पुर्वको ईलाम देखि पचिमको कैलाली सम्म शाखा विस्तार गरि सेवा प्रवाह गरेको विषयमा यस प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले बताए । यस कार्यक्रममा भेञ्चर क्यापिटल प्रा.लि.का अध्यक्ष भिम प्रसाद तिमिल्सिना, नेपाल ईन्भेष्टर्स फोरमका उपाध्यक्ष अन्जिव तुलाधर, शेयर लगानिकर्ता संघ नेपालका सदस्य रविन महर्जन, नेपाल पुजीँ वजार लगानिकर्ता संघका ७ नं. प्रदेश संयोजक कुमार थापाले शुभकामना मन्तव्य राखेका थिए ।

धितोपत्र कारोवारको नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड (सेवोन) ले मिति २०७९ फाल्गुण ४ गते देखि “धितोपत्र दलाल व्यवसायीले शाखा कार्यालय खोल्ने निर्देशिका, २०७९” जारी गरि लागु गरे पश्चात निश्चित मापदण्ड पुरा गरेको धितोपत्र व्यवसायीहरुलाई मुख्य कार्यलय नभएको उपत्यका भित्रका जिल्लामा शाखा कार्यालय खोल्न सकिने व्यवस्था गरेको छ । पुजीँ वजारको ईतिहासमा ब्रोकर व्यवसाय र यो व्यवसाय गर्ने व्रोकर कम्पनीहरुको शाखा सञ्चालन सम्वन्धी प्रकृयाहरुमा भिजन सेक्युरिटिज् प्रा.लि.ले उपत्यका भित्र नै पहिलो ब्रोकर कम्पनीको रुपमा आफुलाई उभ्याउन सफल भएको छ । ग्राहक महानुभावहरुले देखाएको सद्भाव, माया र विश्वासका साथै नियामक निकायहरुवाट प्राप्त सहयोग, सुझाव र मार्गदर्शनवाट नै उपत्यका वाहिर सवै भन्दा धेरै ९ वटा शाखा तथा उपत्यका भित्र पहिलो शाखा सञ्चालन गर्ने ब्रोकर कम्पनीको रुपमा स्थापित हुन सफल भएकोले यस प्रा.लि.को तर्फवाट सम्वद्ध पक्षहरुलाई धन्यवाद ज्ञापन गरे । निकट भविष्यमा नै भक्तपुर जिल्ला मध्यपुर ठिमी नगरपालिका भित्र शाखा कार्यालय स्थापना गरि धितोपत्र कारोवार सम्वन्धी सेवा प्रवाह गरिने अध्यक्ष तिमिल्सिनाले बताए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS