IME Life New

भिजन सेक्युरिटिजका कर्मचारीलाई वृत्ति विकास तालिम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टिच्युट प्रा.लिको आयोजनामा भदौ ९ गते शनिवार स्टक व्रोकर कम्पनी भिजन सेक्युरिटिज् प्रा.लि. (ब्रोकर नं. ३४) का कर्मचारीहरुलाई तालिम दिएको छ । नेपालको पुँजी वजार संग आवद्ध रहेका नियामक निकायहरु, स्टक व्रोकरहरु, निक्षेप सदस्य, राफसाफ सदस्य, मर्चेन्ट वैंकरहरुका कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी वृती विकासमा महत्व पुर्ण योगदान गर्ने उद्देश्यका साथ स्थापित यस ईन्स्टिच्युटले पहिलो कार्यक्रमको रुपमा भिजन सेक्युरिटिज् प्रा.लि. (ब्रोकर नं. ३४) मो कार्यरत कर्मचारीहरुलाई किम्ची रेष्टुरेन्ट, अनामनगरको हलमा उक्त तालिम दिएको हो ।

उक्त तालिममा पहिलो सत्रमा सिडिएस एण्ड क्लियरिङ्ग लि.का Database and MIS Section IT Department प्रमुख योगराज जोशीले ग्राहकको ब्रोकर खाता तथा डिम्याट खाता खोल्दा ध्यान दिनु पर्ने कुराहरु, कम्लाईन्स, आन्तरीक कार्यविधि, सम्पत्ती शुद्धिकरण निवारण सम्वन्धी ऐन तथा नियमावलीहरुको विषयमा कार्यपत्र प्रस्तुत गरि छलफल गरिएको थियो भने दोश्रो सत्रमा International Corporate Trainer मानुषी अग्रवालले ग्राहकहरु संगको सम्वन्ध, प्रस्तुतीकरण, गुनासो सुनुवाई, समस्याको समाधान, गुणस्तरीय सेवा प्रवाह, ग्राहक सन्तुष्टी लगायतका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Esewa
Crest

तालिममा उक्त प्रा.लि.का उपत्यका भित्र र वनेपा शाखाका कर्मचारी गरी जम्मा ३८ जना प्रत्यक्ष सहभागी तथा अन्य विभिन्न शाखाहरुवाट भर्चुवल माध्याम वाट २२ जना कर्मचारी गरी जम्मा ६० जना कर्मचारीहरुको सहभागिता रहेको थियो ।

नेपालको पुँजी बजारमा आवद्ध संस्थाहरुका कर्मचारीहरुलाई समय–समयमा यस्तो प्रकारका तालिमहरु प्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्न कर्मचारीहरुको वृती विकास गर्नु पर्ने नियमकीय प्रावधान समेत रहेको छ । क्यापिटल मार्केट ट्रेनिङ्ग ईन्स्टीच्युटले भिजन सेक्युरिटिज् प्रा.लि. संग समन्वय गरि यस यस प्रकारको तालिम आयोजना गरेकोमा Database and MIS Section IT Department प्रमुख योगराज जोशीले सफलता तथा निरन्तरताको लागि शुभकामना व्यक्त गरे ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा धेरै संघ संस्थाहरुमा संस्थागत तालिमकर्ताको रुपमा प्रशिक्षण दिएता पनि पहिलो पटक ब्रोकर कम्पनीका कर्मचारीहरु संग आफ्ना अनुभव तथा विषयहरु साटासाट गर्न पाएकोमा International Corporate Trainer मानुषी अग्रवालले खुसी हुदै धन्यवाद व्यक्त गरे । सोहि कार्यक्रममा भिजन सेक्युरिटिज् प्रा.लि.का कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले दुवै जना प्रशिक्षकहरुलाई धन्यवाद दिदै यस्ता प्रकारका कार्यक्रमहरुले सम्वद्ध कम्पनीहरुले प्रदान गर्ने सेवाको गुणस्तर बढ्ने हुदाँ यस्ता कार्यक्रमहरुको निरन्तरताको लागि जोड दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS