IME Life New

भिजन लुम्बिनीले डाक्यो सातौं बार्षिक साधारणसभा, नगद लाभांश वितरण गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भिजन लुम्बिनी लिमिटेडले सातौं बार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको संचालक समितिको ७९ औं बैठकको निर्णयले यहि पुष २३ गते सातौं साधारणसभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले आफ्नो सातौं बार्षिक साधारण सभा ड्रिमल्याण्ड होटल, मणिग्राम रुपन्देहीमा गर्ने भएको छ । उक्त सभाले आ.व.२०७८ ०७९ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पापिरत गर्ने, आ.व..२०७८ ०७९ को लेखा परीक्षकको प्रतिवेदन सहितको वासताल, नाफानोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण तथा विभिन्न अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने, आ.व.२०७९ ०८० का लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने साथै संचालक समितिबाट प्रस्ताव गरिएको चुक्तापूँजी ८ करोड ३७ लाख ५० हजारको चार प्रतिशतले हुन आउने ३३ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण पारित गर्नेछ ।

Esewa
Crest

हाल कम्मपनीको चुक्तापूँजीलाई बृद्धि गरि १० करोड पुर्याउने, शेयर सदस्य बृद्धि पश्चात कायम चुक्ता पूँजी १० करोडको १ः२.५ को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगाएत विशेष प्रस्ताव उक्त सभामा राख्ने कम्पनिले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS