IME Life New

भारत: अभिकर्तालाई कमिशन वितरण गर्दा बीमा कम्पनीले ८८ अर्ब राजश्व छलेकाे आराेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । भारतमा अभिकर्ता कमिशन वितरणकाे क्रममा ८८ अर्ब रुपैयाँ कर छली गरेकाे आश‌ंकामा करिब ३० बीमा कम्पनीविरूद्ध आयकर विभागले छानबिन गरिरहेकाे छ।

बीमा अभिकर्तालाई बीमा नियामकले ताेकेकाे सीमा भन्दा बढी रकम कमिशनवापत उपलब्ध गराउँदा फर्जी खर्च र काराेबारकाे माध्यमबाट कमिशन भुक्तानी गरेकाे सूचना पाएपछि आयकर विभागले अनुसन्धान थालेकाे हाे ।

Esewa
Crest

भारतीय स‌ंचार इकाेनाेमिक टाइम्सका अनुसार बीमा कम्पनीहरुले विज्ञापन एजेन्सी, गैर बैंकिङ वित्तीय कम्पनीकाे आवरणमा अभिकर्तालाई कमिशन वितरण गर्दा आयकर छली र वस्तु तथा सेवा कर (जिएसटी) समेत भारू ६० हजार कराेड कमिशन वितरणमा भारू ५,५०० कराेड(८८ अर्ब २३ कराेड नेपाली रूपैयाँभन्दा बढी) राजश्व छली गरेकाे आराेप छ।

छानबिनमा परेका बीमा कम्पनीहरुमा एसडीएफसी एर्गाे,आइसीआइसीआइ लाेम्बार्ड र आदित्य बिरला सन लाईफ समेत ३० बीमा कम्पनीहरु रहेका छन् ।

अभिकर्तालाई कमिशन वितरण गर्दा अग्रिम आय कर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्छ। तर विज्ञापनवापतकाे खर्चकाे आवरणमा अभिकर्तालाई कमिशन वितरण गर्ने क्रममा यस्ताे अग्रिम कर कट्टी गर्नु नपर्ने र अभिकर्ताले अधिक रकम भुक्तानी पाउने भएकाले बीमा कम्पनीहरुले चाेर बाटाे राेजेका हुन् ।

भारतीय बीमा नियामकले बीमा कम्पनीहरूले ताेकिएकाे व्यवस्थापन खर्चकाे सीमाभित्र रहेर अभिकर्तालाई कमिशन वितरण गर्न सकिने प्रावधान अप्रिल १ २०२३ देखि लागू गरेपनि त्यसभन्दा पहिले भुक्तानी गरिएकाे कमिशनकाे विषयमा छानबिन जारी रहने भारतीय आयकर विगागका अधिकारीलाई उद्घृत गर्दै इकाेनाेमिक टाइम्सले उल्लेख गरेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS