IME Life New

भारतीय सरकारी बीमा कम्पनीलाई नाफा बढाउने लक्ष्य राख्न निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको वित्त मन्त्रालयले सार्वजनिक क्षेत्रका (सरकारी) सामान्य बीमा कम्पनीहरुलाई आम्दानी बढाउनमा मात्र नभई नाफा बढाउने लक्ष्य राख्न निर्देशन दिएको छ।

सरकारले भर्खरै तीनवटा सार्वजनिक क्षेत्रको जनरल इन्स्योरेन्स कम्पनीहरु नेसनल इन्स्योरेन्स कम्पनी, ओरिएन्टल इन्स्योरेन्स र युनाइटेड इन्डिया इन्स्योरेन्समा छुट्टाछुट्टै किस्तामा लगभग भारु ७२५० करोड लगानी गरेको छ। भारतको वित्तीय सेवा सचिव विवेक जोशीले भने, ‘हामीले सरकारी सामान्य बीमा कम्पनीहरुको कार्यसम्पादन हेरिरहेका छौँ र उनीहरुले सुधार गर्न थालेका छन्। त्यसैले यो वर्ष उनको प्रदर्शनमा हामी नजर राख्नेछौँ। यी कम्पनीहरुलाई थप पुँजी लगानी आवश्यक नपर्ने अपेक्षा गरिएको छ।’ यही कारणले गर्दा यी ३ वटा कम्पनीको आर्थिक कार्यसम्पादनमा उल्लेख्य सुधार आएको जोशीका दाबी छ।

Esewa
Crest

जोशीले ओरिएन्टल इन्स्योरेन्सले वित्त वर्ष २०२२।२३ मा भारु ५ हजार करोड घाटा व्यहोरेपछि कम्पनीले उत्कृष्ट पुनरागमन गर्दै वित्त वर्ष २०२३।२४ मा भारु १८ करोड नाफा कमाएको बताए। जब कि नेसनल इन्स्योरेन्स कम्पनीले वित्त वर्ष २०२२।२३ को भारु ३८०० करोड रुपैयाँबाट वित्त वर्ष २०२३।२४ मा भारु १८७ करोडमा घटाएको छ। त्यस्तै युनाइटेड इन्डिया इन्स्योरेन्सले वित्त वर्ष २०२२।२३ मा भारु २८०० करोड घाटा व्यहोरेको थियो। यो सरकारी बीमा कम्पनीले वित्त वर्ष २०२३।२४ मा आफ्नो घाटालाई उल्लेख्य रुपमा घटाएर भारु २८०० करोडबाट भारु ८०० करोडमा ल्याउन सफल भएको छ।

यी तीनै कम्पनीमध्ये न्यु इन्डिया एस्योरेन्सले उत्कृष्ट प्रदर्शन गरिरहेको छ। राम्रो कुरा यो हो कि यी कम्पनीहरुको उत्कृष्ट प्रदर्शन जारी छ। न्यु इन्डिया इस्योरेन्सले वित्त वर्ष २०२२।२३ मा भारु १ हजार करोड नाफा गरेको थियो। जुन आर्थिक वर्ष २०२३।२४ मा बढेर भारु ११०० करोड पुगेको थियो।

भारत सरकारले यी बीमा कम्पनीहरुभित्र चलिरहेको परिचालन समस्याहरुलाई पनि सम्बोधन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS