IME Life New

भारतीय शेयर बजार नियामक धोकाधडीमा संलग्नलाई बचाउने प्रयासमाः हिन्डनबर्ग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी फर्म हिन्डनबर्ग रिसर्चले भारतीय शेयर बजार नियामक सेबीबाट ४६ पृष्ठको कारण देखाउ पत्र प्राप्त गरेको छ। हिन्डनबर्ग रिसर्चले गत वर्ष जनवरीमा अडानी ग्रुपविरुद्ध शेयर हेरफेरदेखि मनी लन्ड्रिङसम्मको आरोप लगाएको थियो। सोही कारण सेबीले हिन्डनबर्गलाई यो पत्र पठाएको हो।

हिन्डनबर्गले जुलाई १ मा प्रकाशित एक ब्लग पोस्टमा भनेको छ, ‘सेबीको पत्रमा नियमको उल्लंघन आरोप लगाइएको छ। सेबीले हिन्डनबर्गको प्रतिवेदनमा पाठकलाई बहकाउने उद्देश्यले केही गलत कथन समावेश गरेको आरोप पनि लगाएको छ।’

Esewa
Crest

हिन्डनबर्गले सेबीले आफ्नो जिम्मेवारीलाई बेवास्ता गरेको प्रक्रिया दिएको छ। ‘सेबीले ठगीबाट लगानीकर्तालाई जोगाउनभन्दा ठगीहरुलाई बचाउन धेरै प्रयास गरेको देखिन्छ’, हिन्डनबर्गले भनेको छ।

अडानी ग्रुपलाई सेबीको गोप्य समर्थन देखिएको हिन्डनबर्गको दाबी छ। ‘हाम्रो रिपोर्टपछि पर्दा पछाडि सेबीले ब्रोकरहरुलाई अडानी ग्रुपका शेयरहरुमा सर्ट पोजिसनमा बन्द गर्न दबाब दियो। यसले खरिद दबाब सिर्जना गर्यो र अडानी ग्रुपको शेयरलाई महत्वपूर्ण समयमा मद्दत गर्यो’, हिन्डनबर्गले भनेको छ।

हिन्डनबर्ग रिसर्चले आफ्नो ब्लगमा भनेको छ, ‘जब जनता र सर्वोच्च अदालतलाई यस विषयमा छानबिन गर्न दबाब दिइयो तब सेबी कमजोर देखिन्थ्यो। प्रारम्भमा यो हाम्रो रिपोर्टका धेरै मुख्य निष्कर्षसँग सहमत देखिन्थ्यो।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS